
कोठामा बस्दै आएकी एक २० वर्षिया किशोरीको निर्देशनमा घरबेटीको सुन र नगदलगायत धनमाल चोरी गर्ने गिरोह पक्राउ परेको छ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको घर फोडेर धनमाल चोरी गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षिया किशोरी कञ्चन पराजुलीको निर्देशनमा अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले उनीसँगै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० बडहरेका मनिष सुन्दास, इन्द्रावती गाउँपालिका –९ का बुद्ध तामाङ र अनिल तामाङलाई पक्राउ गरेको हो।