नवलपुर । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले ईन्द्रावती गाउँपालिका, गाउँ सभाकाे दशाैँ हिउँदे अधिवेशन समापन गर्दै आफुले अरू पालिकाहरूकाे भन्दा प्रशंसनिय काम गरेकाे बताएका छन । अध्यक्षकाे कुर्सीमा बस्दै गर्दा गर्वका साथ छाती फुलाउन सक्ने काम गरेकाे उनले बताए ।

‘हाम्राे प्रगति प्रतिवेदन आउँदै गर्दा हामीले गर्वका साथ छाती फुलाउन सक्ने काम गरेका छाैँ , यद्यपि याे कार्यकाल हाम्राे सिकाई पनि थियाे’, तामाङले भने । आफु अध्यक्षकाे भुमिकामा आईरहँदा ऐन कानुनकाे समेत ब्यबस्था नभएकाे जानकारी गराए ।

‘कार्यालयकाे ब्यवस्था थिएन, कर्मचारीकाे ब्यवस्था थिएन । यस्ताे अभाव बाट काम गरिरहँदा स्थानिय तह पाठशाला नै भयाे ‘, सभालाई समापन गर्दै उनले भने ।

अध्यक्षद्वारा सभामा पेश भएका ६ प्रस्ताव पास

गाउँ सभाकाे दशाैँ हिउँदे अधिवेशनमा अध्यक्ष तामाङले ६ प्रस्तावहरू पेश गरेका थिए । पेश भएका सवै प्रस्तावहरू उपर छलफल गर्दा सभाबाट उक्त प्रस्तावहरू पारित भएका छन ।

गाउँ सभामा अध्यक्ष तामाङले चाैमासिक समीक्षा, याेजना संसाेधन र रकमान्तर सिफारिस, करका दर र दायरा थप तथा संसाेधन, ऐन, कार्यविधि, निर्देशिका, स्वीकृत, खरिद समिति र मुल्याङ्कन, विविध लगायतका सम्बन्धमा प्रस्तावहरू पेश गरेका थिए ।

अध्यक्ष तामाङले पानसमा बत्ति बालेर सभाकाे उद्घाटन गरेका थिए । सभामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रशाद शर्माले गाउँपालिकाद्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हाँसिल गरेका मुख्य मुख्य उपलब्धीहरुबारे जानकारी गराएका थिए ।

सभाबाट स्वीकृत भएका निर्देशिका र कार्यविधि

गाँउसभाले ऐन, कार्यविधि निर्देशीका स्विकृत सम्बन्धमा पनि गाँउसभामा छलफल गरीएको थियो । गाँउसभाको अवसरमा यस आर्थीक बर्षको पहीलो चौमासिकमा भएका काम कारवाहीको समिक्षा गरीएको हो । गाँउसभाको अवसरमा पालीकाभित्र योजना संशाेधन र रकमान्तरको लागी सिफरीस भएका छन् । गाँउपालीकाले यसै आर्थीक बर्षदेखी सुरु गरेको भु सेवा केन्द्र तथा अन्य करको दायरा थप तथा संसोधन समेत भएको छ ।

क) अतिरिक्त समयमा कामकाज गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलव्ध गराउने कार्यविधि ऐन २०७८
ख) आन्तरिक नियन्त्रण प्रणाली निर्दृशिका २०७८
ग) कृषि उपज संकलन , प्रशोधन तथा विक्रि केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि २०७८
घ) नदीजन्य पदार्थहरुको संकलन तथा विक्रि वितरण सम्वन्धी कार्यविधि २०७८
ड) अमानतबाट नदि जन्य पदार्थहरुको संकलन सम्वन्धी कार्ययोजना २०७८
च) दुधमा अनुदान उपलब्ध गराउने कार्यविधि २०७८
छ) मेलमिलाप संचालन सम्वन्धी कार्यविधि २०७८

खरिद र मुल्याङ्कन समिति गठन

गाँउसभाले खरीद समिती र मुल्याङ्कन समीती गठन समेत गरेको छ । गाँउपालीकामा अतिरीक्त समयमा काम गर्ने कर्मचारीको हकमा प्रोत्साहन भत्ता दिने निर्णय भएको छ ।

गाँउपालीकाको खरीद समितीमा संयोजक भास्कर पन्त, सदस्य राजाराम घोरासैनी र सदस्य सचीवमा रविना खोकाली रहेका छन । यस्तै मुल्याङ्कन समितीमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माको संयोजकत्वमा भास्कर पन्त र राजाराम घोरासैनी सदस्य सचिव रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!