हेलम्बु गाउँपालिकाकाे चनाैटेमा बेलिबृज बनेकाे छ । असार १ गतेकाे बाढी पछि तहसनहस भएकाे हेलम्बुमा मात्रै दर्जनाैँ पुल बगाएकाे थियाे ।

अहिले चनौटेको बेलीबृज उद्घाटनको पर्खाइमा रहेको छ । पुल बनेपछि धेरैले जस लिन खाेजेका छन । धेरै नेताहरू चनाैटेमा गएर आफ्नाे पहलमा बेलिबृज बनेकाे भन्दै तस्विर लिन हाेडबाजी नै चलेकाे छ ।

बाढी पछि केन्द्रिय स्तरका नेताहरू उक्त राताेपुल भएकाे ठाउँमा गएर पुल बनाउने आस्वासन दिएका थिए । आस्वासन दिएपनि पुल बन्न भने धेरै समय लागेकाे छ । बाढी गए लगत्तै राहात लिएर पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले जसरी पनि पुल बनाएर जनतालाई राहात दिलाउने प्रतिबद्वता ब्यक्त गरेका थिए ।

चनाैटेमा पुल बनेपछि बस्नेतले भने ‘मेराे अनुराेधमा नेपाल सरकारले बजेट बिनियाेजन गरेकाे थियाे र बेलिबृज बनाउन सम्भव भएकाे हाे ‘ । पत्रकारहरू संगकाे कुराकानीमा बस्नेतले बेलिबृज बनाउन सफल भएकाेमा नेपाली सेनालाई धन्यवाद दिए । नेपाली सेनाले उक्त बेलिबृज बनाएकाे हाे ।

‘बेलिबृज उद्घाटनकाे लागि प्रधानमन्त्री शेर बहादुर देउवा लाई निमन्त्रणा गरेका छाैँ, समय मिलेमा आउने बताउनुभएकाे छ’, बस्नेतले भने । राष्ट्रिय विपद् न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरण र नेपाली सेनालाइ सामाजिक सञ्जाल मार्फत धेरैले धन्यवाद दिएका छन । बेलिबृज सहित वरिपरिकाे पर्खाल बन्न करिब १ कराेड ५० लाख लागेकाे नेपाली सेनाका एक अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!