नवलपुर । काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सचिव बिलबहादुर तामाङले माघे सङक्रान्तिमा मान्यजनलाई ढोगभेट गर्ने चलनले सद्भाव कायम राखेको बताएका छन्।

तामाङ समुदायको नया वर्ष “त ल्हो” बाघ वर्षको अवसरमा इन्द्रावती -१ ले शनिबार मानेडाँडामा आयोजना गरेको ल्होछार विशेष शुभकामना आदनप्रदान कार्यक्रममा सचिव तामाङले उक्त भनाइ राखेका हुन्।

‘धर्म सस्कृती जिवनको पद्धति संग जोडिएको भएकाले नेपाल बहुभाषिक ,बहुसंस्कृति र बहुजातीयहरुको जन्मथलो र साझा फुलबारी हाे यसको संरक्षण सबै मिलेर पर्नुपर्छ’ उनले भने ।

सचिब तामाङले वडाध्यक्ष लामाले गरेको विकास निर्माणको कामको समेत प्रशंसा गरे । इन्द्रावती कै कर्णाली भनेर चिनिने यो ठाउँ मा विकास निर्माण ले गति लिएको देख्दा आफू खुसी भएको बताए ,पहिले आफू यहाँ आउदा पैदलले यात्रा आउनु पर्थ्यो अहिले कांग्रेसले जितेपछि सडक बन्यो विकास निर्माण फड्को मार्यो गाडी गुड्यो अहिले पैदल यात्रा गर्नु पर्दैन यो सब कांग्रेस ले जितेको भएर भएको भन्दै अझै आउदो निर्वाचनमा कांग्रेस लाई मत हालेर देशकै पहिलो पार्टी बनाउन अपिल गरे।

मुलुक सङघिय संरचनमा गैसकेपछी जनतासंग सबैभन्दा कनेक्टेड वडा सरकार भएको ले सस्कार ,सस्कृती र परम्पराको जगेर्ना गरेको बताए। ‘राज्यको ध्यान सस्कृती र पहिचान संरक्षणमा अग्रसर हुनुपर्छ अनि मात्रै जनताको आर्थिक अवस्थामा सुधार आउनसक्छ’ उनले तर्क राखे ।

इन्द्रावती -१ द्वारा आयोजित कार्यक्रम सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सचिब बिल बहादुर तामाङको प्रमुख आतिथ्यतामा र वडाध्यक्ष श्री लामाको सभापतित्वमा भएको थियो।

कार्यक्रममा सेलो गायक राज दोङ, तेज थिङ लगायत स्थानीय कलाकारको समुहले संस्कृति झल्किने नृत्य तथा गायन प्रस्तुत गरे।

कार्यक्रममा स्वागत मन्तव्य इन्द्रावती गाउँपालिकाकि काँग्रेस उपसभापति अष्टमाया तामाङले राखेकी थिइन्।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, प्रदेश प्रतिनिधि फुर्पा तामाङ, सिन्धुपाल्चोक क्षेत्र-२ प्रदेश क का उपसभापति ग्याल्बो तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!