ईन्द्रावती गाउँपालिकाको रणनैतीक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नतीको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले सो सडकको शिलान्यास गरेका हुन ।

शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धीको आभार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधार भन्ने गाँउपालीकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिए । गाँउपालीकाको रणनैतीक सडक भएता पनि स्तरोन्नतीको काम केही ढीला गरी सुरु भएको तामाङले बताए ।

संघिय सरकार र स्थानीय सरकारको साझेदारीमा काम सुरु गरीएको हाे । सो सडकको स्तरोन्नती पस्चात गाउँपालिकाको ७ वटा वडाहरुले प्रत्यक्ष रुपमा लाभ लीनेछन । सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावतमा सहज हुने बताईएकाे छ ।

सो सडकको स्तरोन्नतीका लागी मूल्य अभिबृद्धी कर सहीत १० करोड ९ लाख ९ हजार ८ सय ५१ रुपैंया लागत अनुमान रहेको थियो । सो लागतमा ईन्द्रावती गाँउपालीकाको ५ करोड ९४ लाख ९ हजार ८ सय ५१ र संघिय सरकारको समपुरक अनुदान ४ करोड १५ लाख रहेको छ ।

ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नतीमा बाटो चौडा गर्ने, प्लम क्रंक्रीटको नाली बनाउने, ढुड्गाको सोलीङ्ग गर्ने, गाभ्रेल गर्ने, स्टोन मेसिनरी तथा ग्यावीन वाल लगाउने, ह्युमपाईप हाल्ने र बाटो ढलानको काम रहेको छ । सो बाटो निर्माणका लागी श्री घिसिङ / यु एण्ड एस जे.भी, माझीफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले ५ करोड २१ लाख २३ हजार ३ सय ५४ मा ठेक्का सम्झौता गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामप्रसाद शर्माले गाउँपालिका द्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हाँसिल गरेका मुख्यमुख्य उपलब्धीहरुमध्ये यो सडक पनि रहेको जानकारी दिए । सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । सो मार्ग प्रयोग गर्दा लाग्ने समयमा पनि कमी आउनेछ ।

गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं ८ का वडा अध्यक्ष केदार आचार्य लगायतको उपस्थितीमा शिलन्यास कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!