एमाले सिन्धुपाल्चोकले नयाँ नेतृत्व नछानेपनि पार्टी छाडेर जानेको लर्को चलेको छ । एमाले सिन्धुपाल्चोककाे पुस २७ मा उद्घाटन भएको अधिवेशनले अझै नयाँ नेतृत्व दिन सकेकाे छैन् ।

एमालेका पूर्व सांसद सुवास कर्माचार्यसहित दुई सय बढी नेता कार्यकर्ताले एमाले पार्टी छाडेका छन् । उनीहरूले केपी ‌ओलीकाे नेतृत्वकाे एमाले व्यक्तिवादी भएकाे भन्दै एमाले छाडेकाे बताएका छन् ।

काठमाडौँमा आज भएको पार्टी प्रवेश कार्यक्रममा कर्माचार्यसहित एक सय बढी एमाले नेता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा पूर्व सांसद कर्माचार्यसहित जिल्ला स्तरका नेताहरू राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नेकपा एमालेका सीता थापा, बागमती प्रदेश कमिटीका यज्ञ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी श्रेष्ठ, जिल्ला कमिटी सदस्य क्रमशः दिपक नेपाल, रविन्द्र शर्मा र विष्णुलाल श्रेष्ठ, विजय ढुंगाना र फइन्द्र तामाङ छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कर्माचार्यले कम्युनिष्ट आन्दोलन धुजा धुजा भएकाले आफू केपी ओली र उनका कार्यकर्ताको गलत प्रवृत्तिविरुद्ध उभिएको बताए । उनले भने, ‘हामीसँग दुई वटा विकल्प थियो, एउटा एमालेमै बसेर केपी ओली र उनका कार्यकर्ताको ज्यादती हेर्ने अर्को उनको ज्यादतिविरुद्ध लड्ने, हामी ज्यादतीविरुद्ध लड्ने निष्कर्षमा पुग्यौं ।’

एमाले पार्टी परित्याग गरेर समाजवादी प्रवेश गरेका विजयकुमार ढुंगानाले एमाले पार्टीभित्र देखिएको विकृति विसंगति र पार्टीभित्र फैलँदै गरेको व्यक्तिवादी चरित्रले जनवादी केन्द्रीयतालाई विस्थापित गरेकाले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको बताए ।

यस्तै चौतारा नगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी सीता थापाले एमालेमा विधि विधानभन्दा पनि व्यक्तिवाद हावी भएकाले नेकपा समाजवादी रोजेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!