बाह्रबिसे नगरपालिका बजार क्षेत्र लगायत गाँउ-बस्तीहरूमा भुसिया कुकुरहरूकाे आतङ्क बढेकाे छ । सडकमा हिड्ने मानिसहरूलाई कुकुरले टोकेर आतङ्कित पारिरहेको छ ।

बाह्रबिसेका सबै नगरबासीहरूलाई त्यहाँका स्थानियले गम्भीर ध्यानाकर्षण गराँउदै सतर्क उपनाउन आग्रह गरेका छन । साथै सचेत र सुरक्षित रहन समेत सामाजिक सञ्जाल मार्फत सबैमा आव्हान गरिएकाे छ ।

कुकुरकाे आतङ्क बढेपछि सम्पूर्ण घरपालुका जनावरहरूलाई बाहिर जथाभावी नछोडी घरमै सुरक्षित स्थानमा व्यवस्थापन गरिदिन समेत आग्रह गरिएकाे छ । फेसबुकमा निकेश भुजेलले लेखेका छन ‘ बाह्रबिसे नगरपालिका बजार क्षेत्र लगायत गाँउ-बस्तीहरूमा बहुला भुसिया कुकुरहरूले सडकमा हिड्ने सर्वसाधारण मानिसहरूलाई टोकेर आतङ्कित पारिरहेको अवस्था छ । यस विषयमा सबै नगरबासीहरूलाई गम्भीर ध्यानाकर्षण गराँउदै सतर्क उपनाई सचेत र सुरक्षित रहन सबैमा आहाव्न गर्दछु । र सम्पूर्ण घरपालुका जनावरहरूलाई बाहिर जथाभावी नछोडी घरमै सुरक्षित स्थानमा व्यवस्थापन गरिदिनुहुन सम्पूर्णमा आग्रह गर्दछु ‘।

बाह्रबिसे नगरपालिकामा ९ राम्चे स्थित सडकमा खेत बाट परालकाे भारि बाेकेर आउने क्रममा एक जनालाई सरिरकाे विभिन्न भागमा कुकुरले टाेकेर घाईते बनाएकाे छ । आफु कुकुरले टाेकेर घाईते भएकाे र उपचारकाे लागि रकम अभाव रहेकाले बाह्रबिसेका खड्क बहादुर लामाले आर्थिक सहयाेग गरिदिन बाह्रबिसे नगरपालिका लाई निवेदन मार्फत आग्रह गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!