ईन्द्रावती गाँउपालीकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथामिक अस्पताल आज एक कार्यक्रमका बिच समुदघाटन भएको हो । बागमति प्रदेशका स्वास्थ्यमन्त्रि निमा लामाले अस्पतालको उद्घाटन गरेका हुन । साे अस्पतालकाे उद्घाटन संगै चौतारा, धुलिखेल र मेलम्ची जानुपर्ने बाध्यता हटेकाे छ ।

यसअघि एक्सरे, रगत, स्वास्थ्य परीक्षणकै लागि चौतारा धाउनपरेता पनि अबभने नवलपुर बजारमै नवलपुर प्राथमिक अस्पतालमा सेवा पाइने भएकाे छ ।

उद्घाटन कार्यक्रममा मन्त्रि लामाले नागरीकको स्वास्थ्य नै पहीलो प्राथमीकता रहेको बताएका छन । हरेक नागरीकलाई स्वास्थ्यको पहुंचमा पुर्याउनु अहीलेको सरकारको पहीलो प्राथमीकता रहेको उनले बताए । बाग्मती प्रदेशका हरेक स्थानीय तहहरुमा जतीसक्दो छीटो सरल र सहज रुपमा नागरीकले स्वास्थ्योपचार पाउने बनाउन अहीलेको सरकार लागीपरेको पनि उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै ईन्द्रावती गाँउपालीकाका अध्यक्ष वशंलाल तामाङले ईन्द्रावतीका १२ वटै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । केन्द्र तथा प्रदेश सरकारसंग समन्वय गरी थप जनशक्ति ल्याउन गाँउपालीकाले आवश्यक पहल गर्ने पनि उनले प्रतिवद्वता ब्यक्त गरे ।

उक्त भवन ३ रोपनी क्षेत्रफलमा दुई वर्षमा बनाईएकाे हाे । ३५ कोठा र १५ बेडको अस्पतालमा ३० जना बिरामी राख्ने क्षमता रहेकाे छ । अस्पतालमा अन्य सुविधाजनक सेवा सञ्चालित धुलिखेल अस्पतालझैं डिजाइन गरिएका चिकित्सा, ल्याब कक्ष र तीन वटा महत्त्वपूर्ण ब्लक राखिएको छ ।

अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!