मेलम्ची १० शिखरपुरमा एक महिलाको हत्या

शिखरपुर । मेलम्ची १० शिखरपुरमा एक महिलाको हत्या भएको छ । मेलम्ची नगरपालिका १० शिखरपुरकी ५९ बर्षीय सुन्तली खड्काको हत्या भएको हो । उनको ईन्द्रावती गाउँपालिका ४ का ३२ बर्षका कुमार तामाङले टाउकोमा लाठो र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शी भगवती खड्काले बताईन ।

आज बिहान करिव ९ः४० को समयमा घाँस काट्ने क्रममा घरबाट करिव २०० मिटर परको जंगलमा उनको हत्या भएको हो । संगै गएको अर्की महिला भगवती खड्काले भने भागेर ज्यान बचाएका छन् ।

हत्यामा संलग्न निज तामाङलाई प्रहरीले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । साथै हत्या भएको महिलाको शवलाई पोष्ट मोर्टमको लागी मेलम्ची लगिएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गरेर सिन्धुप्रेस टिभि युट्युव च्यानलमा जानुहाेला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!