मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ काे क्षेत्रीय कार्यसमितिकाे पुर्ण बैठक हिजाे (बिहिवार) सम्पन्न भएकाे छ । क्षेत्रिय सभापती आईतमान तामाङकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

बैठकमा स्थानिय तह निर्वाचनकाे बिषयलाई मुख्य प्राथमिकताका साथ छलफलमा ल्याईएकाे थियाे । निवर्तमान केन्द्रिय सदस्य देखि महासमिति सदस्य सम्म बैठकमा सहभागी भएका थिए । बैठकमा सभापती तामाङले स्थानिय तहकाे चुनावकाे तयारीलाई तिव्र गतीमा अघि बढाउने बताए ।

बैठकमा धारणा राख्दै जिल्ला सभापती बिकास लामाले नेपाली काँग्रेसले गुट उपगुटकाे अन्त्य गर्नुपर्ने बताए । ‘आन्तरिक चुनावमा जे जस्ताे कृयाकलाप भए, त्यस कुरालाई बिर्सिएर अब कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्छ’ उनले भने ।

त्यस्तै नेपाली काँग्रेस महासमिति सदस्य , गाउँपालिका राष्ट्रिय महासंघका महासचिव तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले वडा वडा बाट नेपाली कांग्रेसका कार्यकर्ता लाई प्रशिक्षण दिनुपर्ने धारणा राखे । साथै उनले पैशा भएकाले मात्र राजनिति गर्ने भन्ने आम धारणा लाई चिरेर अघि बढ्नुपर्ने बताए । ‘पैशा भएकाले मात्र राजनिति गर्ने र उसैले मात्र चुनावकाे टिकट पाउने हाे भने असल र पैशा नभएका ब्यक्तिहरू ओझेलमा पर्ने छन । नेपाली कांग्रेसमा ब्यक्तिवादी भन्दापनि हामी सवै कांग्रेस हाैँ भन्ने धारणाले अघि बढ्नुपर्छ ‘ तामाङले भने ।

बैठकमा सभापती तामाङले १० एजेण्डाहरू प्रस्तुत गरेका थिए । काेषाध्यक्ष मनाेनयन, स्थानिय तह निर्वाचन, सुचना तथा सञ्चार, प्रेस शाखा, क्षेत्रिय कार्यसमितिले डायरी निर्माण गर्ने (जिल्ला देखि वडा तह सम्मकाे सबै पदाधीकारीकाे बिवरण समावेश), बैङ्क खाता सञ्चालन, स्थानिय तह निर्वाचन घाेषणापत्र तयार पार्ने, रिक्त पदपुर्ती सम्बन्धमा, लेवि सम्बन्धमा , बिबिध लगायतका १० एजेण्डाहरू बैठकमा प्रस्तुत भएका थिए ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सभापती आईतमान तामाङ काे शिफारिसमा ३ एजेण्डाहरू पास भएका छन । जस अन्तर्गत सुरज सिग्देल : (काेषाध्यक्ष), भरत खड्का : सुचना, सन्चार तथा प्रकासन समिति संयाेजक, तुलसी प्रसाद दंगाल : घाेषणापत्र निर्माण समिति संयाेजक नियुक्त भएका हुन ।

नेपाली काँग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकास लामाकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे । बैठकमा नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, निर्वाचित पदाधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!