नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ काे सुचना, सन्चार तथा प्रकासन समिति संयाेजकमा भरत खड्का नियुक्त भएका छन । क्षेत्रीय कार्यसमितिकाे पुर्ण बैठक बाट उनी संयाेजकमा नियुक्त भएका हुन ।

क्षेत्रिय सभापती आईतमान तामाङले खड्काकाे नाम शिफारिस गरेका थिए । बैठकले पास गरेपछि उनी संयाेजक भएका हुन ।

स्थानीय निकाय तथा संसदीय निर्वाचनको प्रचार प्रसारमा सहयोग गर्ने उद्देश्यले एक विषेश समिति क्षेत्रीय समितिले गठन गरी महाधिवेशन प्रतिनिधि भरत खड्का लाइ जिम्मेवारी दिइएको हो ।

बैठकमा सभापती तामाङले १० एजेण्डाहरू प्रस्तुत गरेका थिए । तिन एजेण्डाहरू पास भएका छन । जस अन्तर्गत सुरज सिग्देल : (काेषाध्यक्ष), भरत खड्का : सुचना, सन्चार तथा प्रकासन समिति संयाेजक, तुलसी प्रसाद दंगाल : घाेषणापत्र निर्माण समिति संयाेजक नियुक्त भएका हुन ।

नेपाली काँग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकास लामाकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे । बैठकमा नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, निर्वाचित पदाधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!