नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ काे काेषाध्यक्षमा सुरज सिग्देल नियुक्त भएका छन । क्षेत्रीय कार्यसमितिकाे पुर्ण बैठक बाट उनी काेषाध्यक्षमा नियुक्त भएका हुन ।

क्षेत्रिय सभापती आईतमान तामाङले सिग्देलकाे नाम शिफारिस गरेका थिए । बैठकले पास गरेपछि उनी काेषाध्यक्ष भएका हुन ।

बैठकमा सभापती तामाङले १० एजेण्डाहरू प्रस्तुत गरेका थिए । तिन एजेण्डाहरू पास भएका छन । जस अन्तर्गत सुरज सिग्देल : (काेषाध्यक्ष), भरत खड्का : सुचना, सन्चार तथा प्रकासन समिति संयाेजक, तुलसी प्रसाद दंगाल : घाेषणापत्र निर्माण समिति संयाेजक नियुक्त भएका हुन ।

नेपाली काँग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकास लामाकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे । बैठकमा नेपाली कांग्रेस केन्द्रीय महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, निर्वाचित पदाधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!