ईन्द्रावती । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नाे पुरै जीवन जनतामा समर्पित भएकाे बताएका छन । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताएका हुन ।

कुनै समय बिदेशिनु बाध्यता भएकाे उनले बताएका छन । बिदेशमा रहँदाकाे सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताकाे शेवामा तत्पर रहनकाे लागि नेपाल आएकाे उनले उल्लेख गरे । ‘अमेरिकाको Green Card त्यागेर ईंद्रावती गाउँपालिका प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर मेराे समय जनताको सेवामा समर्पित गरेकाे छु’, तामाङले भने ।

पार्टीकाे जिल्ला संगठनलाई सुदृण बनाउनकाे लागि जिल्ला सभापतीमा उम्मेदवारी घाेषणा गरिसकेकाे र संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्द बनाउने आफ्नाे उद्धेश्य रहेकाे तामाङले जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन : कुनै समय बिदेशिनु बाध्यता थियो । सबै सुख सुविधा र अमेरिकाको Green Card त्यागेर ईंद्रावती गाउपालिकाको प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर जनताको सेवामा समर्पित गर्दै आगामी समय जिल्ला पार्टी संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्द बनाउने उद्धेश्यले आगामी २०७८ फागुन १५ गते हुने १४ औ जिल्ला अधिवेशनमा जिल्ला सभापती पदको लागी उमेदवार घोषणा गरी सकेको छु । म Brain Drain होईन मुलुकको लागी Brain Gain अनी Experience Gain हो । बाँकी समय जनताको सेवामा समर्पित । द्विबिधा नलिनु हुन हार्दिक अनुरोध गर्दै तपाईंहरुको बिबेक पूर्ण निर्णयका साथ अमूल्य मतको लागी बिनम्र अनुरोध गर्द छु । जय नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!