मेलम्ची । मेलम्ची नगरपालिकाका जनताले कांग्रेसलाई भाेट हाल्न कुरेर बसेकाे नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमिति सभापती वसन्त गुरूङले बताएका छन । आज मेलम्चीमा भएकाे स्वास्थ्य सामाग्री बितरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले उक्त कुरा बताएका हुन ।

नेकपा एमाले नेतृत्वकाे मेलम्ची नगरपालिकाले जनतालाई निरास बनाएकाे गुरूङले बताए । ‘मेलम्ची नगरपालिकाका मेयरले ९९% जनतालाई निरास बनाए, मेलम्ची नगरपालिकामा काम लिन आएका नागरिकहरू काम नै नबनिकन फिर्ता पठाउने गरेकाे छ’, उनले भने ।

‘मेलम्ची नगरपालिकाका जनताले न सिजनमा मल पाएका छन, न उनिहरू बाढी पश्चात् सहज तरिकाले बस्न पाएका छन । के गर्याे ५ बर्षमा एमाले नेतृत्वकाे मेलम्ची नगरपालिकाले’ गुरूङले प्रस्न गरे । मुख्य नेतृत्वमा नेपाली कांग्रेस नभएपनि जुनसुकै बिपदकाे अवस्थामा जनताकाे साथमा रहेकाे गुरूङले उल्लेख गरे ।

‘हामीले गाउँ गाउँमा गएर जनतासंग बुझेउँ , सबै जनता कांग्रेसलाई भाेट हाल्न तयार भएर बसेका छन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!