राष्ट्रिय समाचार समिति (रासस) ले सिन्धुपाल्चोकका पत्रकार देवराज सुवेदीलाई पुरस्कार सहित सम्मान गर्ने भएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेसंगै सुवेदी सम्मानित हुने भएका हुन ।

रासस सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश बाट सुवेदी सङै पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्ट (बैतडी) रहनुभएको छ ।

यसैगरी ‘भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू’ शीर्षकमा रञ्जीता अधिकारी (देउखुरी, दाङ) लाई आलेख समाचारमा पुरस्कृत गरिएको छ । त्यस्तै सक्रिय रुपमा फोटोग्राफीमा खटिएवापत रासस केन्द्रीय कार्यालयका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र भीषण वर्षा, बाढी÷पहिरो, हिमपातका अवस्थामा पनि जोखिम मोलेर निरन्तररूपमा मनाङ जिल्लाबाट उत्कृष्ट तस्वीर सम्प्रेषण गरेवापत नवीन लामिछानेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रशंसापत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!