
जिमी लामा । भनिन्छ, यदि तपाईं एक व्यक्तिको चरित्र परीक्षण गर्न चाहनुहुन्छ भने, उसलाई शक्ति दिनुहोस्।
सिन्धुपाल्चोक जिल्ला इन्द्रवाती गाउँ-पालिकका अध्यक्ष बंशलाल तामाङ्ग ज्युले पाँच वर्ष गाउँपालिका प्रमुखको हैसियतमा सत्ता सम्हाल्दा वा श्रोत साधन परिचालन गर्दा दक्षता मात्र देखाएनन, आफूलाई निर्वाचित गर्ने जनता प्रति सदैव जवाफदेही रहँदै पार्टीका साथीहरु बीच सौहार्द सम्बन्ध राखी संगठनलाई निरन्तर बलियो बनाउन पनि सँग संगै सक्रिय र प्रतिबद्ध रहनु भयो। उदाहरणका लागि हिजो मात्र प्रकाशित स्वः मुल्यांकन लिजा (LISA) बाट इन्द्रवाती गाउँ पालिका जिल्लाकै उत्कृस्ट पालिकामा छनोट भएको छ।
उहाँ केही वर्ष संयुक्त राज्य अमेरिका बस्दाको अनुभव र ज्ञान सिन्धु बासीको विकासको लागि खर्चंदा आज “Brain Drain” को लहरलाई, “Brain Gain” मा परिणत गर्न उदाहरण बन्नु भएको छ। बेलायत, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा म स्वयं पनि अध्ययन र कामको शिलशिलामा केहि समय बिताउँदाको अनुभवले भन्न सक्छु, २१ औं शताब्दीको नेतृत्वको लागी ऐतिहासिक पृष्ठभूमि, सामाजिक सेवा गर्ने स्वभाविक प्रवृत्ति, सन्तुलित राजनीति गर्ने प्राकृतिक क्षमता र कुनै पनि कुरामा दुरदृष्टि राख्न सक्ने कौशलताका साथ नेतृत्वमा (Exposure) एक्सपोजरको पनि महत्त्वपूर्ण भूमिका हुन्छ।
पार्टीको सिद्धान्त प्रति अविचलित रही आफ्नै संगठानिक बलमा नेतृत्व लिन हरहिसाबले तयार जिल्ला सभापतिको अग्रणी उम्मेदवार गाउँपालिका महासंघका महासचिव र नेपाली काँग्रेस महासमितिका सदस्य आदार्णीय वंशलाल तामाङ्ग ज्युलाई आसन्न ने.का. सिन्धुपाल्चोक जिल्ला अधिबेशनबाट जिल्ला सभापति पदको लागि मतदान गर्न मलाई विश्वास र माया गर्नु हुने सिन्धुपाल्चोकका सम्पूर्ण क्षेत्रिय प्रतिनिधिज्युहरुलाई हार्दिक अपिल गर्दछु।
विगतको अनुभव र भविष्यको आशालाई साथमा लिएर उहाँको कार्यकाललाई जिम्मेवार र जवाफदेही बनाईराख्न तपाईं र म सँग सँगै सक्रिय रहने छौं र सहभागी हुनेछौं। जय नेपाल।
समाजसेवी तथा नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि जिमि लामाकाे फेसबुक वाल बाट