पाँचपाेखरी । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले खेलकुदकाे आयाेजना गर्ने भएकाे छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदकाे आयाेजना गर्न लागेकाे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर 8’s जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेकाे छ । आज आयाेजित पत्रकार सम्मेलनमा खेलकूद विकास समितिका अध्यक्ष टासी टासी शेर्पाले साे कुराकाे जानकारी दिएका हुन ।

विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएकाे छ ।

प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रुपमा प्रतियोगितालाई समय सापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गरी पाँचपोखरी T-20 जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता 20७८ आयोजना गर्न गइरहेकाे शेर्पाले बताए ।

विगतका वर्षहरुमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा गर्न लागीएकाे खेलकूद विकास समितिले जानकारी दियाे । यही २०७८ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने तयारीमा समेत पालिका जुटेकाे छ ।

उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान आयोजकले तय गरेको छ । टिम प्रवेश शुल्क रु. १२,०००।- रहेको छ भने यस प्रतियोगितामा बिजेता र उपबिजेता हुने टिमले क्रमशः रु. ७५,०००।- र ४०,०००।- नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!