काठमाण्डाै । नेपाली कांग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का सभापती आइतमान तामाङले खेलाडी राष्ट्रकाे गहना भएकाे बताएका छन । हिजाे (शनिवार) नेपाल साेताेकान कराँते संघ (SKDUN) ले आयाेजना गरेकाे खेलाडीहरूलाई सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

कराँतेकाे खेलाडी, प्रशिक्षक तथा रेफ्रि समेत रहेका तामाङले खेल क्षेत्रमा सहयाेग गर्न नेपाली कांग्रेस तयार रहेकाे समेत बताएका छन । ‘जहाँ कराँते छ त्यहाँ कांग्रेस छ । मैले खेल बुझेकाे छु । सबै खेलाडीलाई परेकाे समस्यामा नेपाली कांग्रेसले साथ दिन्छ ‘, तामाङले भने ।

‘म राजनितिक कर्मी मात्र नभई खेलाडी पनि हुँ , तपाईहरू राम्राे खेल्नुस भविष्य छ । करांतेकाे सहयाेग र संरक्षण गर्न नेपाली कांग्रेस तयार छ साथमा छ’, तामाङले थपे । आइतमान तामाङ नेपाल वादाेकाई कराँते संघका केन्द्रिय सचिव समेत हुन । उनी जापान कराँते फेडेरेसनका सदस्य समेत रहेका छन ।

कार्यक्रममा NEPAL SHOTOKAN KARATE DO ASSOCIATION UNITED NATIONS (SKDUN) का सभापती धिर्जेमान तामाङ ले कराँते खेलकाे संरक्षणकाे लागि लागीपरेकाे बताए । ‘हामीले भवन त बनायाैँ तर आर्थीक अवस्था कमजाेर छ ‘, उनले भने ।

नेपाल साेताेकान कराँते संघ (SKDUN) ले आयाेजना गरेकाे सम्मान कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक बिजेता खेलाडीहरूलाई सम्मान गरिएकाे थियाे । खेलाडीहरूलाई खादा लगाएर सम्मान गरिनुका साथै सम्मानपत्र र ट्र्याकसुट बितरण गरिएकाे थियाे ।

कार्यक्रम NEPAL SHOTOKAN KARATE DO ASSOCIATION UNITED NATIONS (SKDUN) का सभापती धिर्जेमान तामाङकाे सभापतित्व र नेपाली कांग्रेस सिन्धुपाल्चाेक क्षेत्र नं २ का सभापती आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा कराँते प्रशिक्षक, खेलाडी पत्रकार लगायतकाे उपश्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!