नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिबेशनकाे मिति संशाेधन भएकाे छ । यसअघि २६-२७ मा हुने भनिएकाे अधिवेशनकाे मिति संशाेधन भएर २७-२८ गते हुने निर्णय भएकाे नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापतीकाे उमेद्वार वंशलाल तामाङले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।

यहि फागुन २७ मा उमेद्वारी दर्ता र २८ गते मतदान हुने बताईएकाे छ । २७ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २८ गते मतदान हुने हिजाे काठमाण्डाैमा बसेकाे काँग्रेस सिन्धुपाल्चोकका शिर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेता माेहन बहादुर बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह-सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!