पाँचपोखरी जिल्ला स्तरीय T-20 क्रिकेट प्रतियोगिता आजबाट शुरू हुने भएकाे छ । काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा कार्यक्रम शुरू हुन लागेकाे हाे ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले खेलकुदकाे आयाेजना गरेकाे हाे । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन खेलकुदले सहयाेग गर्ने गाउँपालिकाले जनाएकाे छ ।

प्रतियोगिताहरूलाई निरन्तरता दिँदै चौथो संस्करणका रुपमा समय सापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गरी पाँचपोखरी T-20 जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०७८ आयोजना गरिएकाे खेलकुद बिकास समितिले जानकारी दियाे ।

प्रतियाेगिता २०७८ फागुन १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिने छ । उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान आयोजकले तय गरेको हाे ।

टिम प्रवेश शुल्क रु. १२,०००।- रहेको छ भने यस प्रतियोगितामा बिजेता र उपबिजेता हुने टिमले क्रमशः रु. ७५,०००।- र ४०,०००।- नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैबिच नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान पारस खड्काले खेल सफलताकाे शुभकामना दिएका छन । एक भिडियाे सन्देश मार्फत खड्काले शुभकामना दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!