हेलम्बु बाट काठमाण्डाै जाँदै गरेकाे बा प्र ०१ – ००६ ख २८६९ नम्बरकाे आईचर गाडी काठमाण्डाैकाे चाँपाबाेटमा  आज बिहान ५ बजे दुर्घटना भएकाे छ ।

दुर्घटनामा परि सवारी धनी भाेटेचाैरका श्रीराम चाैलागाई घाईते भएका छन । घाईतेलाई उपचारकाे लागि काठमाण्डाै लगिएकाे छ । घाईते भएका चाैलागाईकाे घुँडामा घाउ लागेकाे र पिसाव बाट रगत आएकाे चालक श्याम प्रसाद चाैलागाईले जानकारी दिए ।

गाडी राेडबाट करिव ५० मिटर तल जंगलमा खसेकाे प्रहरी जवान राम पुकार चाैधरीले जानकारी दिए । गाडी हेलम्बु बाट काठ बाेकेर काठमाण्डाै जाँदै गरेकाे प्रहरीले जानकारी दियाे ।

‘गाडी चलाएकाे २,३ दिन भयाे । २,३ दिन देखि निदाउन पनि पाएकाे थिएन, गाडी कतीबेला खस्याे पत्तै भएन’, चालक श्याम प्रसाद चाैलागाईले भने । ‘सवारी धनी श्रीराम चाैलागाई र म संगै थियाैँ गाडीमा , उहाँलाई चाेट लागेछ उहाँ अहिले अस्पतालमा हुनुहुन्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!