नवलपुर । इन्द्रावती गाउँपालिकाले आज विभिन्न याेजनाहरूकाे अनुगमन गरेकाे छ । गाउँपालिकाकाे वडा नं ९,१०, ११ र १२ का ८ वटा याेजनाहरूकाे अनुगमन भएकाे हाे ।

अनुगमनकाे क्रममा वडा नं ९ काे २ वटा याेजनाकाे अनुगमन भएकाे छ । भाेटसिपामा रहेकाे ऐतिहासीक रानी ओडारकाे संरक्षण र प्रवर्द्वनकाे काम भईरहेकाे छ । यस बर्ष १८० मिटरकाे सिँडी निर्माणकाे लागि गाउँपालिका बाट ४० लाख बजेट बिनियाेजन भएकाे छ । इन्द्रावती ९ मै १३ घरधुरी लाभान्वित हुनेगरी अमले पदमार्ग निर्माण भएकाे वडा अध्यक्ष वावुराम लामाले जानकारी दिए ।

यस्तै वडा नं १० काे बुढीचाैर बस्ती बिकास आयाेजना र धारापानी पर्खाल निर्माण आयाेजनाकाे काम समेत अनुगमन भएकाे इन्जिनियर राजाराम घाेरासैनीले जानकारी दिए ।

वडा नं १० कै महादेवटार सिंचाई आयाेजनाकाे पनि अनुगमन सम्पन्न भएकाे छ । महादेबटारमा ५६७ मिटर लामाे सिंचाई कुलाे बनेकाे हाे । २० लाख रूपैयाँमा सम्पन्न भएकाे याेजनाले ७५ घरधुरी लाभान्वित हुने र ३०० राेपनी जमिन लाई पर्याप्त पानी पुर्याउन सकिने गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।

ईन्द्रावती ११ मा इन्द्रावती नदी नियन्त्रणकाे लागि ग्याविन जाली समेत राखिएकाे छ । गाउँपालिकाकाे २० लाख बजेटमा ग्याविन निर्माण भएकाे हाे ।

यस्तै इन्द्रावती १२ काे ऐतिहासिक ढुङ्गे धारा निर्माणकाे पनि आजै अनुगमन भएकाे छ । १० लाख बजेटमा निर्माण भएकाे उक्त याेजनाले पानीकाे मुल संरक्षण हुने वडा अध्यक्ष कमल रत्न दनुवारले जानकारी दिए । १२ महिना पानी आउने भएकाले पनि उक्त धाराेलाई ऐतिहासीक भनिएकाे दनुवारले बताए । उक्त धाराे बाट १०० घरधुरी लाभान्वित हुने छ । धाराकाे वरिपरि २ काेठाकाे प्रतिक्षालय भवन, २ वटा धाराे र शिव लिङ्क १ वटा रहेकाे छ ।

हालसम्म गाउँपालिकामा ५० प्रतिशत काम सम्पन्न भएकाे इन्जिनियर राजाराम घाेराशैनीले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम प्रसाद शर्माकाे नेतृत्वमा भएकाे अनुगमनमा इन्जिनियर राजाराम घाेरासैनी, प्राविधिक सहदेव गाैतम र सुरज कार्की , रेडियाे मिसनका अध्यक्ष सन्ताेष सिग्देल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!