चाैतारा । नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाकाे अधिवेशन पटकपटक सर्ने क्रम अब रोकीने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेकाे छ । जसले गर्दा चुनावी माहोलले जिल्लाका नेताकार्यकर्तालाई उर्जा थपिएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानिय निकायमा गाउँ तथा नगर अधिवेशन बाट अधिकांश गाउँ तथा नगरमा नयाँ अनुहार नेतृत्वमा आएका छन् ।

जिल्लामा अहीले नेपाली कांग्रेसको सभापतीका लागी आधा दर्जन अनुहारहरु देखीएको छ । जसमध्ये ३ जनाकाे उमेदवारी लाई महत्वका साथ हेरिएकाे छ । गाउँपालिका लाई पटक पटक जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङ देखि प्राध्यापक, पुर्व क्षेत्रिय सभापतीले समेत आफ्नाे उमेदवारी घाेषणा गरेका छन ।

१, वशंलाल तामाङ
तत्कालीन निर्दलीय पञ्चायती व्यवस्था बिरुद्धको सहासीक–ऐतीहासीक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी वोधका साथ होमीएका वशंलाल तामाङको सक्रिय राजनीतिक यात्रा, २०३६ सालमा जिल्ला कै ऐंसेलुखर्क मा वि. को, नेपाल बिद्यार्थी संघको ईकाई समिति सभापतिका रुपमा सुरु भएको हो ।

जेल–नेल र अवरोध चिर्दै नेपाल विद्यार्थी संघ– सिन्धुपाल्चोकको संस्थापक सदस्यका रुपमा २०४६ सालको प्रजातान्त्रीक आन्दोलनमा अग्रणी भुमिका खेले । उहि जिम्मेवारी, उही प्रतिबद्धता र लोकतन्त्र तथा प्रजातन्त्र प्रतिको उही लगावले अन्ततः तामाङ २०४६ देखी २०४८ साल सम्म नेपाली कांग्रेसको व्याड संगठन ने.वि. संघ को जिल्ला अध्यक्ष बने ।

राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रीक अधिकार प्राप्तीका लागि नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वर प्रसाद कोईरालाको प्रेरणाबाट अभिप्रेतरीत तामाङ– २०४२ सालमा तत्कालीन पञ्चायती निरंकुशता विरुद्ध पार्टीले आह्वान गरेको शान्तिपूर्ण सत्याग्रहका लागि काठमाडौको डिल्ली बजार स्थित चारखाल अड्डामा धर्ना बस्दा पक्राउ परे । तत्कालीन व्यवस्थाले नागरिक स्वतन्त्रता र प्रजातान्त्रीक परिवर्तनका लागि होमीए बापत दिएको यही कठोर यातनाले तामाङको राजनीतिक लोकप्रियताले अरु उचाई चुम्यो ।

पव्लिक युथ क्याम्पस हुंदै– त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस बाट समाज शास्त्र–मानव शास्त्रमा स्नातक गर्दासम्म तामाङको राजनीतिक लोकप्रियता केन्द्रिय राजनीतिमा समेत स्थापीत भईसकेको थियो । २०४६ साल बाटै नेपाली कांग्रेसको जिल्ला सदस्य हुंदै जिल्ला सचिव सम्म बनेका तामाङको पार्टी संगठन बिस्तार र पार्टीको लोकप्रियता बृद्धिका लागि सक्रिय योगदान आजपर्यन्त उस्तै छ । यो तामाङको राजनीतिक लोकप्रियताको महत्वपूर्ण मानक हो– यही लोकप्रियता र निष्ठा कै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका तामाङ, २०७४ सालको स्थानीय चुनावमा ईन्द्रावती गाउंपालीकाको अध्यक्ष निर्वाचीत् भए लगत्तै २०७४ सालमा ५ बर्षका लागि गाउंपालीकाहरुको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाले ।

तत्कालीन राजाको निरंकुश कदम अर्थात शाही कु पछिको सशक्त आन्दोलनमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनार्थ पार्टीहरुको संयुक्त जनआन्दोलनमा पार्टी जिल्ला सचिब तथा वाग्मती अञ्चल आन्दोलन परिचालन समितिको सदस्यको हैसियतमा आन्दोलनको नेतृत्व र परिचालन गरेको गर्भिलो अनुभव सम्हालेका तामाङ पटक पटक प्रहरी हिरासत तथा नजरवन्दमा परे । यो बीचमा माओवादी हिंसा र शाही सत्ताको निरंकुशता बिरुद्ध उभिए कै केहि समय थाक–थलो छाडेर विदेशीनु परेको नमिठो अनुभव भए पनि प्रवासमा रहंदा नेपाली कांग्रेसको भगिनि संगठन, नेपाली जनसम्पर्क समितिको सस्थापक सदस्य बनेर तामाङ पार्टीको संगठन विस्तार अभियान निरन्तर जोडिए । लोकतन्त्र–प्रजातन्त्र र नागरिक स्वतन्त्रता प्राप्तीको अभियान रोकीएन ।

उत्साह रूपान्तरण र एकता वंशलाल नेतृत्वको सिन्धु कांग्रेस अबको आवश्यकता भन्ने मुल नारा सहित तामाङ अहिले प्रचार प्रसारमा लागेका छन । पार्टीको जिल्ला संगठनलाई सुदृण बनाउनको लागि जिल्ला सभापतीमा उमेद्वारी घोषणा गरिसकेको र संगठनलाई सुदृढ, संगठित, गतिशील र एकताबद्द बनाउने आफ्नो उद्धेश्य रहेको तामाङले बताए ।

पाँच वर्ष गाउँपालिका प्रमुखको हैसियतमा सत्ता सम्हाल्दा वा श्रोत साधन परिचालन गर्दा तामाङले दक्षता मात्र देखाएनन, आफूलाई निर्वाचित गर्ने जनता प्रति सदैव जवाफदेही रहँदै पार्टीका साथीहरु बीच सौहार्द सम्बन्ध राखी संगठनलाई निरन्तर बलियो बनाउन पनि सक्रिय र प्रतिबद्ध रही ईन्द्रावती गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिकामा छनोट बनाउन समेत सफल भए ।

समावेशी बिकासमा गाउँपालिका अग्रस्थानमा रहेकाे छ । गाउँपालिकामा गरेकाे यस्ता कामहरूले लाेकप्रिय छन वंशलाल तामाङ :

इन्द्रावतीकाे प्रत्येक घरमा स्वच्छ र सफा खानेपानी पुर्याउने लक्ष्यका साथ एक घर एक धारा अभियान समेत तामाङले चलाएका छन । गाउँपालिकालाई ऐतिहासीक रूपमा चिनाउन भृकुटी पार्ककाे निर्माण हुँदैछ भने इन्द्रावती गाउँपालिकामा भूकम्पमा परेर ज्यान गुमाएकाकाे नाममा भुकम्प स्कृति पार्कको निर्माण गरिएको छ ।

इन्द्रावती गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएकाे छ । त्यस्तै नवलपुरमै सुबिधासम्पन्न अस्पताल बनेकाे छ । २८ हजारभन्दा बढी जनसंख्या भएको इन्द्रावतीका स्थानीयले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपर्थ्यो ।

हाल प्रत्येक वडाकाे आफ्नै भवन रहेकाे छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रंगशाला निर्माण अन्तिम चरणमा पुगेकाे छ । पालिका भित्र एक वडा एक खेल मैदान समेत बनेकाे छ । बिद्यालय र अस्पतालकाे लागी पर्याप्त जनशक्ति ब्यबस्थापन भएकाे छ । कृषिमा अनुदान र दूध बेच्ने किसानलाई गाउँपालिकाले अनुदान समेत दिने भएकाे छ । स्मार्ट पालिका बनाउनकाे लागी बिद्युतिय हाजिरीकाे समेत ब्यबस्था गरिएकाे सुचना अधिकारी मनाेज दंगालले बताए ।

गाउँपालिकाकाे सडक कालाेपत्रे । वडा नं १० मा सडक कालाेपत्रे भएकाे छ । त्यस्तै गाउँपालिका वरिपरिकाे १ किलाे मिटर सडक समेत कालाेपत्रे गर्न लागिएकाे इन्जिनियर राजाराम घाेरासैनीले जानकारी दिए ।

२, जंग बहादुर लामा :
यसै क्रममा काँग्रेस जिल्ला सभापतिको दौडमा प्रवल दाबेदारको रुपमा नेता बस्नेत निकट मानिने पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामाले पनि आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन । लामा काँग्रेस राजनितीको तल्लो तह गाउँ इकाई देखि नै नेतृत्व सम्हालेर आएको युवा नेता हुन । उनले १६ वर्षको उमेरमै २०५२ सालमा हगाम गा.वि.स. को इकाई सभापतिको नेतृत्व सम्हाल्दै जिल्ला तामाङ संघको उपाध्यक्ष हुँदै संघीयता अघिको संरचनामा १२ औं महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको नेतृत्वमा निर्वाचित भै काम गरीसकेका छन ।

पार्टीका विभिन्न पदमा रहि सफलता पुर्वक काम गरिसकेको अनुभव भएकै कारण १४ औं महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधि समेत भएकोले जिल्ला अधिवेशनमा सभापतिको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

पार्टीका कार्यक्रम देखि सामाजिक कार्यहरुमा अनवरत रुपमा लाग्दै आएका लामाले अब आउँदै गरेको स्थानीय, प्रदेश र संघीय चुनावमा पहिलो पार्टी बनाउन नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेकोले आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

लामाले करिब तीन दशक पार्टीमा गरेको योगदान र सक्रियता नै आफ्नो उम्मेदवारीको बलियो आधार रहेको पनि बताएका छन । उहाँ आफ्ना पिता साविक हगाम गा.वि.स. का प्रधानपञ्च हर्कलाल लामाको राजनितिक जिवनबाट प्रभावित भै राजनितीमा होमिएका लामा सिन्धु कांग्रेसजनमा मिलनसार, अनि सशक्त युवा नेतृत्वकर्ताको रुपमा चिनिन्छन ।

३, प्रेमध्वज लामा
लामाको जन्म २०२६ साल माघ २६ मा सिन्धुपाल्चोकमै भएको हो । २०४३ सालमा नेविसंघको सदस्यता बाट उनको राजनितिक यात्रा सुरु भएको हो । २०४६ सालको जनआन्दोलनमा उनले सक्रिय सहभागीता समेत जनाएका थिए । २०४७ मा नेविसंघ सिन्धुपाल्चोक जिल्ला सचिवको जिम्मेवारी सम्हालेका लामा २०४९ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य भएका थिए ।

२०५१ मा नेविसंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भई २०५१÷२०५२ नेविसंघ केन्द्रीय सदस्यको भुमिकामा समेत रहे । २०६५ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बनेका लामा महाधिवेशन, महासमिति सदस्य, केन्द्रीय कोभिड अनुगमन समिति सदस्य लगाएतको भुमीकामा रही लामा सक्रिय राजनीतीमा रहे ।

समाज परिवर्तनको शुरूवात भनेको स्थानीय तह या गाउँतहबाटै हुनुपर्ने उनकाे तर्क छ । त्यसको लागि राजनीतिक चेतना हुनुपर्ने उनले बताए । ‘हामी लोकतन्त्र भन्छौँ तर लोकतन्त्रको सामान्य मूल्य मान्यता जान्दैनौँ, पाउने अधिकार र आफ्नो कर्तब्यबारे अनभिज्ञ छौँ । मनपर्ने पार्टी भनेर भोट मात्रै खसालिरहेका छौँ तरपनि लोकतन्त्रको फल नागरिकले पाउन सकेका छैनन्’, लामाले भने ।

पार्टीमा दुःख गरेका नेता कार्यकर्तालाई ल्याउनु पर्नेमा उनले जाेड दिए । पार्टीमा डनवाद हाबी भएकाे र नीतिले अघि बढ्न नसकेकाे उनले सुनाए । ‘अग्रगामी परिवर्तनको नेतृत्व लिन सक्ने युवा ल्याउन चाहेको छु । सही आवाजको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!