नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापतीका उमेदवार वंशलाल तामाङले ७ प्रतिबद्वता ब्यक्त गरेका छन । उनले सामाजिक सञ्जाल मार्फत प्रतिवद्वताहरू व्यक्त गरेका हुन ।

सरकार नेपाली कांग्रेसकाे, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ उमेदवारी घाेषणा गरेकाे तामाङले बताए । तामाङकाे प्रतिवद्वतामा विधानकाे पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लाेकप्रिय विषयहरू समावेश भएका छन ।

तामाङले प्रस्तुत गरेकाे ७ प्रतिवद्वताहरू यस्ता छन : १) विधानको पूर्ण पलना र सुदृढ संगठन २) व्यवस्थित कार्यालय गतिशील कांग्रेस ३) अग्रजलाई सम्मान युवालाई अवसर ४) सरकार कांग्रेसको – सेवा जनताको ५) संगठित, सक्रिय बलियो भातृ संस्था ६) विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व ७) विपदको साथी – नेपाली कांग्रेस पार्टी

द्विबिधा नलिनु, जनताको सेवामा समर्पित छु : वंशलाल तामाङ

ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नाे पुरै जीवन जनतामा समर्पित भएकाे बताएका छन । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताएका हुन ।

कुनै समय बिदेशिनु बाध्यता भएकाे उनले बताएका छन । बिदेशमा रहँदाकाे सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताकाे शेवामा तत्पर रहनकाे लागि नेपाल आएकाे उनले उल्लेख गरे । ‘अमेरिकाको Green Card त्यागेर ईंद्रावती गाउँपालिका प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर मेराे समय जनताको सेवामा समर्पित गरेकाे छु’, तामाङले भने ।

पार्टीकाे जिल्ला संगठनलाई सुदृण बनाउनकाे लागि जिल्ला सभापतीमा उम्मेदवारी घाेषणा गरिसकेकाे र संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्द बनाउने आफ्नाे उद्धेश्य रहेकाे तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!