मेलम्ची । मेलम्चीमा अक्सिजन प्लाण्टको औपचारिक उद्घाटन गरिएको छ । पुर्व मन्त्री शेरबहादुर तामाङले आज प्लान्टको उद्घाटन गरेका हुन। मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा प्लाण्ट जडान गरिएको हाे ।

दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्ची लगायत आसपासका क्षेत्रमा अक्सिजनको अभाव सिर्जना नहुने अस्पताल स्राेतले बतायाे ।

अक्सिजन अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मेलम्ची अक्सिजन प्लाण्ट स्थापना गरी सञ्चालनमा ल्याइएको मेलम्चीका मेयर डम्बर अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!