काठमाण्डाै । पाँचपोखरी टी-२० जिल्लास्तरीय प्रतियोगिताको उपाधी पाँचपोखरी भोताङ क्रीकेट क्लबले जितेको छ । आज भएको फाइनलमा पाँचपोखरी क्रीकेट टोलिलाइ ६८ रनले पराजित गर्दै भोताङले उपाधी जितेकाे हाे ।

उपाधी संगै भाेताङले नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रीकेट क्लवले ४० हजार पाएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

उक्त प्रतियोगितमा जिल्लाका ७ टिम सहभागी थिए ।बिजेतालाइ क्रीकेट संघ क्यानका कोषाध्यक्ष रोसन कुमार सिङ र पालिका अध्यक्ष टासि लामाले पुरस्कार वितरण गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!