चाैतारा । दोस्रो लिस्तिकोट दुगुना गढी माउन्टेन ट्रेल रेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन ।

खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेन्डमा साँढे चौबिस किलोमिटरको दुरी पार गरेर पहिलो भए । ११८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका महतराले रु १ लाख १० हजार नगद पुरस्कार पाएका छन ।

प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो भए । उनले ७५ हजार नगद पुरस्कार पाए भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनले रु ५५ हजार पुरस्कार पाए ।

चौथो, पाँचौँ र छैटौँ हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार जिते ।

त्यस्तै महिलातर्फ सिन्धुपाल्चोककी नितु तामाङ प्रथम भइन । उनले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरी रु ६० हजार नगद पुरस्कार जितेकि हुन । दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।

जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरूलाई पुरस्कार वितरण गरे ।

भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनमा गत वर्षदेखि ट्रेल रेसको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!