काठमाण्डाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापतीमा वंशलाल तामाङकाे सानदार बिजय हुने बताएका छन । सिन्धुपाल्चाेक जिल्ला हांक्न सक्ने एक मात्र उमेदवार वंशलाल तामाङ भएकाे भन्दै उनले उक्त कुरा बताए ।

‘वंशलाल दाइ सिन्धुपाल्चाेकमा सान्दार संग जित्नुहुन्छ, उहाँले मात्र जिल्ला हाँक्न सक्नुहुन्छ’, गगन थापाले भने । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन ।

‘वंशलाल दाइकाे बिजयले समग्र सिन्धुपाल्चाेक लाई स्थानिय चुनावमा नेपाली कांग्रेस लाई बिजय गराउन सफल हुनेछ । बंशलाल तामाङकाे नेतृत्व बिजय भएकाे खण्डमा जिल्ला हाँक्न सक्छ, स्थानिय चुनावमा कांग्रेस पहिलाे हुन्छ’, महामन्त्री थापाले भने ।

एमाले वैशाख ३० मा कांग्रेससँग हार्न तयार भए हुन्छ : गगन थापा

साेहि कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा हुने निर्वाच्नमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने बताएका छन्। वैशाख ३० गते घोषणा गरिएको निर्वाचनको मिति एक दिन पनि तल माथि नहुने समेत उनले दाबी गरे ।

‘निर्वाचन तोकिएको मितिमा हुन्छ, अब एमालेका दिन गए,’ उनले दाबी गरे, ‘एमालेले अब हारको सामाना गनुपर्छ, कांग्रेससँग हार्न तयार भएर बसे हुन्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!