काठमाडाै । नेपाली कांग्रेस सिन्धुपाल्चाेकका सभापती पदका उमेद्वार वंशलाल तामाङले आफुलाई एक पटक सभापती हुने माैका दिन आग्रह गरेका छन । माैका दिएमा कुनै कार्यकर्ताकाे भावनामा ठेस पुग्न नदिने र कम्युनिष्टकाे नामाेनिशान मेट्ने दाबी समेत गरे ।

‘मलाई एक पटक माैका दिनुहाेस कुनै कार्यकर्ताकाे भावनामा ठेस पुराउने छैन, कम्युनिष्टकाे नामाेनिसान मेट्नेछु’, तामाङले भने । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४ औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष रहेका तामाङले साे कुरा बताएका हुन ।

आफु बिचार समुहमा रहेकाे र आफ्नाे जित सुनिस्चित रहेकाे समेत उनले दाबी गरे । ‘म एउटा अभियान हुँ, मैले जुन भुमिका पाएकाे छु, मैले कसैकाे भराेसा ताेड्न दिएकाे छैन’, तामाङले भने ।

आफ्नाे बिजय भएपछि सबै भातृ संस्था गतिशिल हुने, याे पार्टी हाम्राे हाे भन्ने कुरामा सम्झाैता नगर्ने र गुट उपगुटकाे अन्त्य गर्ने उनले बताए । साथै जिल्लाका १०३ वटा वडा, २ क्षेत्र, ४ प्रदेश र १२ वटै पालिकामा ब्यबस्थित पार्टी कार्यालय स्थापना गर्ने प्रतिबद्वता समेत ब्यक्त गरे ।

‘मेराे पाँच बर्षकाे अनुभवले भन्छ पालिका सबैभन्दा नजिककाे सरकार रहेछ, जनताले अनुभुत गर्न सक्ने सरकार रहेछ । अब हामी गाउँ फर्कन जरूरी छ । हामी टाेल टाेलमा गएर संगठन गर्न जरूरी छ । आज इन्द्रावती गाउँपालिकामा देशकै नमुना बिकास गरेका छाैँ । बिकासकाे नमुना हेर्न इन्द्रावती गाउँपालिका गएर हेर्नुस’, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहेका तामाङले भने ।

उनले थपे ‘नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे नेतृत्व गर्ने अवसर दिनुभयाे भने देशभर बाटै नमुना सिन्धुपाल्चाेक बनाउने छु । कसैलाई अन्याय हुने छैन । सबैलाई समेटेर लैजानेछु । सबैले सम्मान र उचित जिम्मेवारी पाउनुहुनेछ । मलाई एक पटक नेतृत्व गर्ने अवसर दिनुहाेस । म एकपटक मात्र लड्छु हारेपनि जितेपनि’ ।

वंशलाल तामाङकाे सात संकल्प

वंशलाल तामाङले सिन्धुपाल्चाेक जिल्लाकाे कांग्रेस सभापतीकाे उमेद्वारी घाेषणा गर्दै गर्दा ७ संकल्प अघि सारेका छन ।

सरकार नेपाली कांग्रेसकाे, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ सात संकल्प अघि सारेकाे तामाङले बताए । तामाङकाे प्रतिवद्वतामा विधानकाे पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लाेकप्रिय विषयहरू समावेश भएका छन ।

तामाङले प्रस्तुत गरेकाे ७ प्रतिवद्वताहरू यस्ता छन :
१) विधानको पूर्ण पलना र सुदृढ संगठन
२) व्यवस्थित कार्यालय गतिशील कांग्रेस
३) अग्रजलाई सम्मान युवालाई अवसर
४) सरकार कांग्रेसको – सेवा जनताको
५) संगठित, सक्रिय बलियो भातृ संस्था
६) विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व
७) विपदको साथी – नेपाली कांग्रेस पार्टी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!