बस्नेत समूहबाट सिन्धुपाल्चोक कांग्रेस सभापतीमा डा. प्रेमध्वज लामा उमेद्वार भएका छन । आगामी फागुन २७ र २८ गतेका लागि तय भएको नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सभापतिका लामाले उमेद्वारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँग नजिकको सम्बन्ध रहेका डा. लामा कांग्रेसलाई बलियो बनाउनका लागि आफ्नो उमेद्वारी रहेकाे बताउँछन् ।

लामाले २०४३ सालमा विद्यार्थी राजनीतिबाट लामाले राजनीतिक सुरुवात गरेका थिए । ०४३ सालमा नै नेविसंघको सदस्यता लिएका लामाले ०४६ को जनआन्दोलनमा सक्रियता देखाएका थिए ।

सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय भएका लामा ०५१ मा नेविसंघ सिन्धुपाल्चोकको अध्यक्ष बनेका थिए भने ०५२ मा नेविसंघ केन्द्रीय सदस्य बनेका थिए ।

नेपाली कांग्रेस महाधिवेशन/महासमिति सदस्य भइसकेका लामा केन्द्रीय कोभिड अनुगमन समितिका पनि सदस्य हुन् । नेविसंघको सिन्धुपाल्चोक अध्यक्ष हुँदै उनी नेविसंघको दुईपटक केन्द्रीय सदस्य भएका थिए ।

यस्तै , इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ पनि शेखर काेइराला समूह बाट जिल्ला सभापतीकाे उमेद्वार भएका छन । २ बर्ष सम्म लगातार इन्द्रावती गाउँपालिका लाई जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङ कुसल र राजनैतिक निष्ठाका पर्याय मानिन्छन । यस्ताे छ वंशलाल तामाङकाे सात संकल्प

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!