पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४, थाङपालकोटमा नेकपा (एमाले) पार्टी कार्यालय उद्वाटन भएकाे छ । गाउँपालिकाका अध्यक्ष टासि लामाले एक कार्यक्रमका बीच पार्टी कार्यालयकाे उद्घाटन गरे ।

जिल्ला कमिटिको सर्कुलर अनुसार वडा नम्बर १, बांसखर्कमा २१ गते, भोटेनाम्लाङमा २२ गते र आज थाङपालकोटमा कार्यालय स्थापना गरिएको हो ।

नेकपा (एमाले) ४ नम्बर वडा कमिटि अध्यक्ष अनिल लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिका रुपमा जिल्ला कमिटी सचिवालय सदस्य एवम् पालिका ईन्चार्ज निर्मल बन्जारा, युबा नेता सोमर बोम्जन, नरेश लामा, सुन्दर सापकोटा, पालिका कमिटि अध्यक्ष दोर्जे लामा, उपाध्यक्ष दोकदोक तामाङ, सचिव ज्ञान कुमार तामाङ, उप सचिव प्रेम बहादुर देउजा लगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!