नेपाली कांग्रेसको १३ औँ महाधिवेशन पछि जिल्ला सह सचिवको जिम्मेवारी वहन गरिसकेका अनुप न्याैपानेले नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सचिव पदकाे लागी उमेद्वारी घाेषणा गरेका छन । रुपान्तरण, इमान्दारीता र परदर्शिता, संगठित कांग्रेस सवल नेतृत्व आजको आवश्यकता भन्ने नारा सहित चुनावमा जाने न्याैपानेले बताए ।

बुवा नेत्रप्रसाद न्यौपाने र माता निल कुमारीकाे काेखबाट २०३९ सालमा जन्मिएका उनि सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका ६ बाडेगाउ निवासी हुन । २०५४ सालदेखि उनले नेविसंघ मार्फत नेपाली कांग्रेसको राजनीति शुरु गरेका हुन । वाल्मीकि क्याम्पसको नेविसंघको विभिन्न पदमा रहेर उनले जिम्मेवारी समेत बहन गरिसकेका छन ।

सिन्धुपाल्चाेक जिल्लामा राजनीतिक तथा सामाजिक काम गरेर परिचित भइसकेका न्याैपाने बाैद्विक ब्यक्तित्वकाे रूपमा समेत परिचित छन । सिन्धुपाल्चोक जिल्लाकाे नेविसंघको सदस्य, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष हुँदा सम्म सिन्धुपाल्चाेककाे नेपाली कांग्रेसकाे राजनिति लाई उचाइमा पुराउन महत्वपुर्ण भुमिका समेत निर्वाह गरे ।

पार्टीले आव्हान गरेको २०५८ को प्रतिगमन विरुद्धको आन्दोलनमा समेत सक्रिय सहभागिता देखाएका न्याैपाने जनआन्दोलन २०६२/०६३ को सफलता सम्म निरन्तर सहभागी भए ।

सामाजिक तथा राजनीतिक वातावरणमा हुर्केका न्याैपाने विभिन्न संग संस्थामा सक्रिय भएर काम समेत गरिसकेका छन । संघ संस्थामा रहेर काम गर्दा समुदायकाे लागि अतुलनिय याेगदान दिएकाे उनी सुनाउँछन ।

अन्तत सिन्धुपाल्चाेक जिल्ला नेपाली कांग्रेसकाे अधिवेशन यहि फागुन २७ र २८ गते चाैतारामा हुँदैछ । आफुले गरेका सकारात्मक कामहरूले गर्दा आफुले जिल्ला सचिव पदकाे लागि उमेद्वारी घाेषणा गरेकाे र आफु साे पदकाे लागि याेग्य रहेकाे सिन्धुप्रेस संगकाे कुराकानीमा उनले बताए ।

‘रुपान्तरण, इमान्दारीता र परदर्शिताकाे सिद्वान्त बाेकेर हिडेकाेले नेपाली कांग्रेसकाे बिधान र मर्म बिपरित कहिल्यै पनि जान्न, मलाई भाेट दिएर जिताएकाे खण्डमा बिचारकाे राजनिति जिवित राख्न महत्वपुर्ण भुमिका खेल्ने छु’, न्याैपानेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!