काठमाण्डाै । नेकपा एमाले बाट निर्वाचित बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरेका छन । एमाले न पाेथी न भाले रहेछ , राष्ट्र बलियाे हुन कांग्रेस आवस्यक छ क्षेत्रीले भने ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आज पार्टी कार्यालयमा क्षेत्री लाई पार्टी सदस्यता दिएर पार्टीमा भित्राएका हुन ।

कांग्रेसमा प्रवेश गरे लगत्तै पत्रकारहरू संगकाे कुराकानीमा उनले भने ‘एमाले न पाेथी न भाले रहेछ, राष्ट्र बलियाे हुन कांग्रेस चाहिँने रहेछ, बलियाे कांग्रेस बनाउन म आएकाे हुँ’ । नेपाल, नेपाली र राष्ट्र बलियाे हुन कांग्रेस बलियाे हुनुपर्ने उनले धारणा राखे ।

एमाले किन परित्याग गर्नुभयाे भन्ने प्रस्नमा उनले भने ‘एमालेमा स्पस्ट धारणा छैन, हरेक कुरालाई लेना देनाकाे बिषय बनाइन्छ । बा काे संस्कृति छाेडेर दाईकाे संस्कृतिमा आएकाे छु ‘ ।

‘म भाग खाेज्न आएकाे हैन, नेता बन्न आएकाे हैन, म कांग्रेसमा याेगदान गर्न आएकाे हुँ ‘, क्षेत्रीले भने । नेकपा एमालेमा ठुलाे पहिराे गएकाे र त्यसकाे ब्यबस्थापन कांग्रेसले मात्र गर्न सक्ने उनले बताए । कांग्रेसमा प्रवेश गर्न पाउनु खुसिकाे क्षण भएकाे उनले सुनाए ।

केदार क्षेत्री संगै नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिना सहित दर्जनौ ब्यक्तिहरू कांग्रेसमा प्रवेश गरेकाे नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबावु सिवाकाेटीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!