नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाकाे अधिवेशन पटकपटक सर्ने क्रम अब रोकीने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेकाे छ । जसले गर्दा चुनावी माहोलले जिल्लाका नेताकार्यकर्तालाई चलाएमान बनाएकाे छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानिय निकायमा गाउँ तथा नगर अधिवेशन बाट अधिकांश गाउँ तथा नगरमा नयाँ तथा युवा अनुहार नेतृत्वमा आएका छन् ।

जिल्लामा अहीले नेपाली कांग्रेसको उपभापतीका लागी आधा दर्जन अनुहारहरु देखीएको छ । जसमा नेपाल तरूण दलकाे नेतृत्वमा रहेर काम गरेका अनुहारहरू अगाडि देखिएका छन्। लामाे समयदेखि पार्टीमा सकृय रहि नेपाल तरूण विभागकाे जिल्ला संयाेजक बनेका साेम बहादुर तामाङले पनि आफ्नाे बलियाे दावेदारि प्रश्तुत गरेका छन ।

२०४६ काे जनआन्दोलनदेखि नेपाली कांग्रेसप्रति आस्था बढेपछि उनले नेपाली कांग्रेसलाई राेजेका हुन । त्यसपछिको समयमा १४ बर्षकाे हुंदा २०४८ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिंदै उनको राजनितिक यात्रा सुरू भएकाे हाे । २०५२ सालदेखि क्रियाशिल रूपमा पार्टीको संगठन विस्तारकाे अभियानमा तामाङ निरन्तर लागिरहेका छन । २०५४ मा नेपाल तरूण दलकाे क्षत्रिय सदस्यकाे जिम्मेवारीमा रहेर काम गरेकाे अनुभव पनि तामाङसंग रहेकाे छ। यस्तै २०६० मा तरूण दलकाे जिल्ला सदस्य हुँदै जिल्ला उपाध्यक्षकाे जिम्मेवारीमा रहि नेपाल तरूण दललाई चलाएमान बनाई तरूण साथिहरूलाई एकीकृत गराई बलियाे संगठन बनाउन तामाङकाे महत्त्वपूर्ण भुमिका रहेकाे थियाे ।

त्यहि जिम्मेवारीले नेपाली कांग्रेसलाई बलियाे बनाउन सहयाेग पुगेकाे तामाङले बताए । नेपाली कांग्रेस सम्बद्द विभिन्न संघ संगठनमा रहेर काम गर्ने चरणमा २०७० मा नेपाल तामाङ युवा संघकाेे केन्द्रीय काेषाध्यक्षमा जिम्मेवारीका साथ काम गरेको अनुभव पनि रहेकाे उनले बताए । तरूण दलकाे केन्द्रीय पार्षद हुंदै हाल तरूण विभागकाे जिल्ला संयाेजककाे रूपमा काम गरिसकेको कारण अब जिल्लामा नेपाली कांग्रेसलाई बलियाे बनाउन जरूरत रहेकाे उनको तर्क छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा जिल्ला उपसभापति पदमा उमेद्वारी दिएकाे उनले बताए ।

उनले भने, “नेपाली कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक हाे । नेपाली कांग्रेसको केन्द्रदेखि नै दुईधारमा देखिन्छ । त्यसको असर सिन्धुपाल्चोक जिल्लामा पनि देखिएकाे छ । हाम्रो जिल्लामा पनि दुई समुहबाट प्रतिस्पर्धा हुँदै छ । यसले नेतृत्वमा आउने हरेक पदाधिकारिलाई नेपाली कांग्रेसको कार्यकर्ताले दिक्षित गर्ने अवसर पनि हाे । याे एकदमै सुखद पाटाे पनि हाे । जिम्मेवारी बहन गर्न तयार भईरहंदा गर्नुपर्ने कामहरू पनि धेरै छन् । जिल्लामा पार्टीको नेतृत्वलाई चलाएमान बनाउनुका साथै जिल्लामा क्रियासिल रूपमा रहेका नेपाली कांग्रेस सम्बद्द भातृ तथा सुभेच्छुक संघसंगठनहरूलाई चलाएमान बनाई शशक्त रूपमा अधि बढाउन एकदमै जरूरी छ ।

यसका साथै नेपाली कांग्रेसलाई जिल्लाकाे १०३ वटै वडा, १२ वटै पालिका, ४ वटै प्रदेश र दुवै क्षेत्रमा कांग्रेसलाई जिताउनु आजकाे आवश्यकता हाे । हिजाेकाे दिनमा जिल्लामा थाेरै मात्र जित हांसिल गरेकाे कारण अब जिल्लाका सबै ठांउमा कांग्रेसलाई जिताउन साथै हिजाेकाे दिनमा नेपाली कांग्रेसलाई बचाईराख्ने अग्रजलाई सम्मान र युवा पुस्तालाई प्राेत्साहन हुने गरि काम गर्नकाे लागि मैले याे जिम्मेवारी लिने निर्णय गरेकाे छु । हिजाेकाे दिनमा पार्टीको नेपाल तरूण दलकाे नेतृत्वमा रहेर काम गरेको अनुभवलाई प्रयाेग गरि जिल्ला उपसभापतिकाे लागि उम्मेदवारी दिएकाे छु ।”

नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धा भएपनि हार र जित दुवैलाई स्विकार गरि असल राजनितिक संस्कारकाे विकास गर्नुपर्नेमा उनले जाेड दिए । पार्टीलाई नीति, विधि र बिधानमा केन्द्रीत गराई हरेक कार्यकर्तालाई प्रशिक्षित गराउनु आजकाे आवश्यकता रहेकाे उनकाे भनाई छ ।

उनले थपे “अहिले कांग्रेसको आन्तरिक प्रतिस्पर्धा भएकाले दुई समुहमध्ये एक समुहले नेतृत्व गर्ने र अर्को समुहले केही समय कुर्नु पर्ने भएकाले ती साथिहरूलाई भाेलिकाे दिनमा पार्टीको विभिन्न तह र तप्कामा जिम्मेवारी दिएर आन्तरिक रूपमा कांग्रेसलाई एकढिक्का बनाएर लाने प्रतिबद्धता समेत व्यक्त गर्दछु । यसका साथै पार्टीलाई विधि र पद्धतिमा अधि बढाउनु आजकाे आवश्यकता हाे । पार्टीका कतिपय साथिहरूलाई प्रशिक्षणकाे अभाव छ । त्याे अभावलाई परिपुर्ति गर्दै लाने मेराे उदेश्य छ । हरेक टाेल र वडा ईकाइदेखि जिल्लामा नेपाली कांग्रेसमा आस्था राख्ने साथिहरूलाई प्रशिक्षित गराई पार्टी संगठन बलियाे बनाउने उद्घाेष पनि गर्दछु ।”

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन अन्तर्गत, सिन्धुपाल्चोक जिल्लाको यही २७/२८ गते हुने अधिवेशनको लागि नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति पदमा बिजयी गराउन इकाई सभापति,क्षेत्रीय प्रतिनिधि ज्युहरू, पालिका सभापति तथा पदाधिकारिहरू, प्रदेश सभापति तथा पदाधिकारीहरू, क्षेत्रीय सभापति तथा पदाधिकारि र महादिवेशन प्रतिनिधि सबैमा याे पटक अमुल्य मत दिएर अथवा दिन प्रेरित गराएर उपसभापति पदमा विजयी गराउन ताामाङले हार्दिक अपिल गरेका छन ।

तामाङसंग गरिएकाे कुराकानीमा आधारित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!