
काठमाडाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेस सिन्धुपाल्चाेकका सभापतीका उमेद्वार वंशलाल तामाङ संग जिल्ला हाँक्न सक्ने भिजन भएकाे बताएका छन । तामाङ बिचार समूह संग प्रतिनिधित्व गर्ने भएकाेले भिजन भएकाे बताए ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा साेमबार आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले भने ‘बिचार समूह संग भिजन हुन्छ, एजेण्डा हुन्छ संकल्प हुन्छ, अवधारण हुन्छ’ ।
कांग्रेसकाे रूपान्तरणकाे लागि एजेण्डा चाहिँने आचार्यले बताए । ‘कति बर्ष जेल बसेकाे, कुन आन्दाेलनमा कति कुटाई खाएकाे भनेर जनतासंग गएर हुँदैन अब भिजन चाहिन्छ, जनताले भिजन भएकाे नेता खाेजेकाे छ ‘, उनले भने ।
वंशलाल तामाङकाे उमेद्वारी घाेषणा संगै कांग्रेसलाई भिजन र मिसन संग हिड्ने अभियान सुरू भएकाे समेत उनले दाबि गरे । सिन्धुपाल्चाेकमा अब कांग्रेस बिधानकाे पालनामा खराे उत्रने पनि उनले उल्लेख गरे ।
‘२८ गतेकाे भाेटिङ बाकसमा सबैलाई समेटेर लैजान्छु भन्ने बिचार समुहले स्थान पावस । सुखद परिणामकाे लागि आजै लाग्नुस, कांग्रेसकाे रूखलाई बचाउनुस ‘, आचार्यले भने ।