चाैतारा । नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चाेककाे ११औँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशन बाट अध्यक्षमा दुर्गा प्रसाद ढुङ्गेल निर्वाचित भएका छन ।

नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको ११ औं जिल्ला अधिबेशन नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा भएकाे हाे । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङकाे बिशेष आतिथ्यता रहेकाे थियाे ।

आजै भएकाे बन्द सत्रबाट दुर्गा प्रसाद ढुंगेल अध्यक्ष, उपाध्यक्षमा कुमार बस्नेत , उपाध्यक्ष सरिता चौलागाईं, खोपनाथ नेपाल सचीव, सहसचिवमा राम प्रसा आचार्य र राम प्रसाद न्यौपाने कोषाध्यक्ष निर्वाचित भए ।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा दिनेश कुमार पोखरेल, गोपाल ढकाल र कमला देबि श्रेष्ठ सहित १५ सदस्यीय मध्ये ११ सदस्यीय सर्बसहमत र ४ सदस्य पुन निर्वाचित गर्ने गरि निर्वाचित पदाधिकारी हरुलाइ सपथ ग्रहण समेत गरिएकाे छ ।

जिल्ला कार्यसमिति
अध्यक्ष : दुर्गा प्रसाद ढुङ्गेल
उपाध्यक्ष : कुमार वस्नेत
महिला उपाध्यक्ष : सरिता चाैलागाई
सचिव : खाेपनाथ नेपाल
उपसचिव : राम प्रसाद आचार्य
काेषाध्यक्ष : राम प्रसाद गाैतम ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!