हेलम्बु । हेलम्बु मेलम्ची बाढी पिडित सराेकार समितिद्वारा चैत्र १ सम्मकाे याेजना प्रस्तुत गरिएकाे छ । सामाजिक सञ्जाल मार्फत उक्त याेजनाहरू सार्वजनिक भएका हुन ।

हेलम्बु मेलम्ची बाढी पिडित सराेकार समितिका सचिव अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका वस्तीलाई संरक्षण गर्न सम्झौता भएपनि काम नभएको बताए । साथै, सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको आरोप लगाए ।

भण्डारीले सामाजिक सञ्जाल मार्फत सम्पुर्णमा सुचित गराएका छन । उनले फागुन २३ गते देखि ३० गते सम्मकाे याेजना समेत प्रस्तुत गरे । जस अन्तर्गत फागुन ३० गते तालामाराङमा संघर्षका कार्यक्रम घोषणा गरिने उनले जानकारी दिए ।

फाल्गुण २३ गते -पत्रकार सम्मेलन, फाल्गुण २४ गते-सर्वपक्षिय छलफल, फाल्गुण २५ गते-पत्रकारसहितको टोलिद्वारा स्थलगत अवलोकन एवं रिपोर्टिङ, फाल्गुण २६,२७,२८गते-उच्चस्तरीय प्रशासनिक एवं राजनितिक भेटघाट, फाल्गुण २९ गते – सरोकारवाला -प्रभावित एवं पीडितहरु बिच अन्तरसंबाद, फाल्गुण ३० गते -आयोजना प्रभावित,बाढी पीडीतहरु,४ वटा पालिकाका सम्पुर्ण जनप्रतिनिधी,गाउँ सामुदायिक समितीसम्बद्व पदाधिकारी बृहत् भेला तथा अन्तर्कृयाका साथ थप संघर्षका कार्यक्रम घोषणा (स्थान :-तालामाराङ) र चैत्र १ गतेबाट मेलम्ची आयोजनाको सम्पुर्ण काम अनिश्चितकालीन बन्द गर्ने सराेकार समितिले चेतावनी समेत दिएकाे छ ।

चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने समितिले जानकारी दियाे । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन सरकारलाई चेतावनी दिएको हो ।

यस्ता छन हेलम्बु मेलम्ची बाढी पिडित सराेकार समितिकाे ६ वटा माग

१.मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमित रुपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालन अन्तर्गत यस आर्थिक वषएको बजेट स्थानीय समितिहरुमा आउन दिलाई भईरहेकोले तत्काल उपलब्ध गराउन ।

२.मेलम्ची नदीमा आएको बाढीले ठूलो धानजनको क्षती पुर्याएको र आगामी वर्ष नदी किनारको वस्ती झनै जोखिममा रहेकोले नदीलाई पूरानै धारमा बगाउन , मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिर्याउन र तटिय क्षेत्रका जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजना बाट उपलब्ध गराउन ।

३.मेलम्ची र ईन्द्रावती नदी किनारका वस्ती तथा खेतियोग्य जमीन ठूलो मात्रामा कटान भएकोले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आय आर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण। सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवति नदी करिडोर एकिकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना नेपाल सरकारले तत्काल संचालन गर्न ।

४.मेलम्ची नदीको पानी काठमाडौं आएपछि मेलम्चीबासीले लेभी पाउने कुरा पटक पटक सहमति भई बिभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकोले तत्काल लेभि निर्धारण गर्न ।

५.आगामी वषाएमा सहज आवत जावत गर्न सहन हुने गरि सडक निर्माण कार्य तत्काल अघि बढाउन ।

६.मुहान क्षेत्रमा थुप्रीएका ढुंगा, माटोहरु निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदी किनारका वस्ती जोखिममा पर्ने भएकोले सुरक्षित भण्डारणमा भने जोडदार माग गररहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!