काठमाण्डाै । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ ।

मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।

काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ ।

निर्वाचनमा काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ ।

यस्तै काठमान्डाै जिल्लाका लागी पुर्व सुचना तथा सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेत छानिएका छन । सिन्धुपाल्चाेक जिल्लाकाे लागि गंगादेवि अवाल लाई जिम्मेवारी दिइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!