नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाकाे अधिवेशन राेचक बन्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन हुँदै छ । जिल्लामा चुनावी माहोलले जिल्लाका नेता कार्यकर्तालाई व्यस्तता बढाएकाे छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानिय निकायमा गाउँ तथा नगर अधिवेशन बाट अधिकांश गाउँ तथा नगरमा नयाँ तथा युवा अनुहार नेतृत्वमा आएका छन् । जिल्ला तहकाे अधिवेशनमा पनि युवा उम्मेदवारहरूकाे आकांक्षा बढ्दै गएकाे छ । युवा अनुहारहरूले विभिन्न पदमा दावेदारि गरिरहेका छन् । यस्तैमा जिल्ला सह-सचिवमा निल बहादुर खड्काले उम्मेदवारी घाेषणा गरेका छन ।

नेपाली कांग्रेसको ब्याड संगठनकाे लिईने नेपाल विद्यार्थी संधबाट नेपाली कांग्रेससंगकाे खड्काले सहयात्रा सुरू गरेका हुन । २०४६ सालमा उनले ने बि संधकाे सदस्यता लिएपस्चात उनको राजनितिक यात्रा सुरू भएकाे हाे । सरस्वती क्याम्पसबाट नेपाल बिद्यार्थी संगमा रहि सक्रिय राजनितिमा लामाे समय खड्काले संगठन विस्तारकाे अभियानलाई जारि राखे ।

साविककाे ईचाेक गाविस हुंदा २०६९ सालमा खड्काले ईकाइ सभापतिकाे जिम्मेवारी लिएर संगठनलाई बलियाे बनाउन महत्वपुर्ण भुमिका रहेकाे थियाे । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनपछि खड्का क्षेत्रिय काेषाध्यक्षमा रहि काम गरिसकेकाे अनुभव पनि रहेकाे छ ।

मुलुकमा संघियता सुरू भएपछि भएकाे २०७४ सालकाे निर्वाचनमा खड्काले पार्टीलाई तिनै तहमा पार्टीको बलियाे उपस्थिति देखाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए ।
आसन्न १४ औँ महाधिवेशनमा खड्काले आफ्नाे १० संकल्प सहित सह-सचिव पदमा उमेद्वारी दिने घाेषणा गरेका छन ।

यस्ता छन् खड्काको १० संकल्पहरू :

उम्मेदवारी किन?
१, पार्टीलाई वैज्ञानिक, लोकतान्त्रिक र सुदृढीकरण गर्न ।
२, पार्टी भित्र ठोस कार्ययोजना बनाउन ।
३, पार्टी भित्र युवाहरुलाई संगठित गर्न ।
४, पार्टीको निति र इतिहासलाई जनस्तरमा पुन्याउन ।
५, अग्रजलाई सम्मान र युवाहरुलाई प्रोत्साहन गर्न ।
६, पार्टिमा विधिको शासन र सुशासन कायम गर्न ।
७, पार्टीलाई आर्थिकरुपमा मजबुत बनाउन ।
८, युवा जोसजांगर सहितको गतिशिल नेतृत्व विकासमा जोड ।
९, सिन्धुबासी गुवायुवतीहरुको शिक्षा, स्वास्थ्य र रोजगारका विषयलाई मुख्य एजेन्ड बनाई रोजगार सिर्जना गर्न ।
१०, पार्टीभित्र बैचारिक एकता कायम गर्न ।

खड्काले १४ औँ महाधिवेशन अन्तर्गत, सिन्धुपाल्चोक जिल्लाको यही २७/२८ गते हुने अधिवेशनको लागि नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सह-सचिव पदमा बिजयी गराउन इकाई सभापति, क्षेत्रीय प्रतिनिधि ज्युहरू, पालिका सभापति तथा पदाधिकारिहरू, प्रदेश सभापति तथा पदाधिकारीहरू, क्षेत्रीय सभापति तथा पदाधिकारि र महाधिवेशन प्रतिनिधि सबैमा याे पटक अमुल्य मत दिएर सह-सचिव पदमा विजयि गराउन हार्दिक अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!