चाैतारा । इन्टरनेट सेवा अवरूद्वका कारण सिन्धुपाल्चाेकमा ई-पासपोर्टको फोटो खिच्ने सेवा बन्द भएकाे छ । प्रणाली चलेको छ छैन भन्ने कुराको पूर्वजानकारी लिएर मात्र सेवा लिन आउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले एक सुचना मार्फत जानकारी दिएकाे छ ।

राहदानी विभागको प्रणाली अबरुद्ध भइरहने गरेकाे समेत सुचनामा भनिएकाे छ । ‘World link को इन्टरनेट सेवा बन्द भइरहने हुँदा यस कार्यालयबाट विद्युतीय राहदानीको लागि biometric र फोटो खिच्ने कामको सेवा समयमा नै दिन नसकिएको व्यहोरा सबै सेवाग्राहीमा अनुरोध छ’, सुचनामा उल्लेख छ ।

साथै यसबाट पर्न जाने असुविधा प्रति क्षमा समेत मागिएकाे छ । प्रशासन भन्छ ‘प्रणाली चलेको छ छैन भन्ने कुराको पूर्वजानकारी लिएर मात्र सेवा लिन आउनु होला’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!