भाेटेकाेसी । तल्लो सावुखानी हुँदै घिप्चे जाने मोटर बाटो उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच साे बाटाेकाे उद्वाटन गरिएकाे हाे ।

भाेटेकाेसी गाउँपालिका वडा नं १ काे साे बाटाेकाे गाउँपालिकाका अध्यक्ष राजकुमार पाैडेलले उद्वाटन गरेका हुन । उद्वाटन कार्यक्रममा मन्तब्य राख्दै पाैडेलले पर्यटकीय स्थल भैरवकुण्ड जाने मोटर वाटोको रुपमा निर्माण भएको साे सडकले स्थानीयलाई धेरै फाईदा पुग्ने बताए ।

‘भैरवकुण्ड जाने मोटर वाटोको रुपमा निर्माण भएको साे सडकले स्थानीयलाई धेरै फाईदा पुग्ने छ । घिप्चे, तल्लाे सावुखानी, माथिल्लाे सावुखानी, बगाम, छगाम र भैरवकुण्ड सम्म जान सहज हुनेछ’, उद्वाटन कार्यक्रममा पाैडेलले भने ।

भोटेकोशी गाउँपालिकाको १५ लाख रुपैयाँमा निर्माण गरिएको मोटर बाटो पर्यटकीय मार्गकाे रूपमा चिनिने छ । सडकको उद्घाटन गर्दै अध्यक्ष पाैडेलले गाउँको विकासका लागि यस प्रकारका ग्रामीण सडकले ठूलो सहयोगी पुग्ने धारणा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!