चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे सभापती पदकाे लागी युवा नेता जङ्गबहादुर लामाले उमेद्वारी घोषणा गरेका छन । उनी सिन्धुपाल्चोकका प्रभावशाली नेता पूर्व मन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट पात्र हुन ।

काँग्रेसको सबै संयन्त्र आन्तरिक पार्टीको चुनावी माहौलमा होमिसकेको जिल्ला पार्टी श्रोतले जनाएकाे छ । १४ औँ महाधिवेशनको नारा ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भने जस्तै तल्लो तहदेखि माथिल्लो तहसम्म नेतृत्वमा युवाहरू धेरै आएका छन् । जसले गर्दा नेपाली काँग्रेस पार्टी युवामय भएकाे छ ।

४३ वर्षको उमेरका लामाले १६ वर्षको उमेरमै २०५२ सालमा हगाम गा वि स को इकाई सभापतिको नेतृत्व सम्हालिसकेका थिए । त्यहिँ बाट उनकाे राजनीतिक यात्रा शुरू भएकाे थियाे । जिल्ला तामाङ सङ्घको उपाध्यक्ष हुँदै सङ्घीयता अघिको संरचनामा १२ औँ महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रीय सभापतिको नेतृत्वमा निर्वाचित भई काम गरिसकेका छन् उनले । १४ औँ महाधिवेशनका निर्वाचित महाधिवेशन प्रतिनिधि समेत भएकोले जिल्ला अधिवेशनमा सभापतिको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

याे पनि पढ्नुहाेस
सभापतीमा वंशलाल तामाङकाे उमेद्वारी घाेषणा

त्यस्तै लामा १० वर्षे जनयुद्ध ताका कतै विचलित नभइ निरन्तर स्थानीय नेता कार्यकर्ताहरुको मनोबलको रूपमा रहेर सङ्गठनका लागि काम गरेका छन् । सो ताका तत्कालीन माओवादीबाट कारबाहीका लागि परेका जिल्लाका कयौँ कार्यकर्ताहरूलाई सकेको सहयोग गर्दै संरक्षण समेत गरेकाे उनले अनुभव सुनाए ।

लामाले सभापति पदमा दाबी गर्नुका यस्ता छन कारण ?

आउँदै गरेको स्थानीय, प्रदेश र सङ्घीय चुनावमा पहिलो पार्टी बनाउन नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेकोले आफुले सभापतीमा उमेद्वारी दिएकाे लामाले बताए । अधिवेशनमा गुट, उपगुट हुनु सामान्य कुरा हुने हुनाले अधिवेशनपछि कुनै गुट नहुने उनको भनाइ छ ।

• विधि र पद्धतिका लागि मतदान, नेपाली काँग्रेसलाई नं १ बनाउने मेरो अभियान ।
• सबै अट्ने सबैलाई समेट्ने काँग्रेस निर्माणका लागि ।
• अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन ।
• अनुशासित सङ्गठन निर्माणका लागि ।
• सेवामुखी राजनीति स्थापनाका लागि ।

उनले ‘युवा नेतृत्व, सशक्त काँग्रेस’ को मूल नारालाई अगाडि बढाउन सिन्धुका सम्पूर्ण इकाई सभापतिहरू, क्षेत्रीय प्रतिनिधिहरू, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरूमा आफूलाई मतदान गर्न समेत अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!