
पाँचपाेखरी थाङपाल गाउँपालिकाले सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण शिविर संचालन गर्ने भएकाे छ । गाउँमा छाडा कुकुरकाे बिगबिगि भएकाे र समुदायका ब्यक्तिहरूलाई दुख दिन थालेकाेले बन्ध्याकरणकाे अभियान चाल्न लागिएकाे गाउँपालिकाले जनाएकाे छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाकाे पशु सेवा शाखाको आर्थिक बर्ष २०७८/०७९ को स्विकृत बार्षिक कार्यक्रम अनुसार उक्त अभियान चाल्न लागिएकाे गाउँपालिका द्वारा प्रकाशित शुचनामा भनिएकाे छ ।
सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण शिविर फागुन २९ गते देखि चैत्र २ सम्म सञ्चालन हुने भएकाे हाे ।
हेर्नुहाेस सुचना