
मेलम्ची नगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन हुने भएकाे छ । यहि फागुन २८ गते वडा कार्यालय उद्घाटन हुन लागेकाे वडा अध्यक्ष सुदर्शन लुइटेलले जानकारी दिए ।
मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच कार्यालय उद्वाटन हुन लागेकाे हाे । २०७८ फागुन २८ गते शनिवार, दिनको ११ बजे कार्यक्रमकाे तय गरिएकाे मेलम्ची नगरपालिका वडा नं ५ वडा समितीले जानकारी दिएकाे छ ।