चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको चौधौं जिल्ला अधिवेशनकाे लागि सभापतीमा तीन जनाकाे उमेदवारी परेकाे छ । भाेली हुने मतदानकाे लागि तीन जनाकाे उमेदवारी परेकाे हाे ।

जिल्ला सभापति लगाएत पदाधिकारीमा सस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा देउवा प्यानलबाट जगबहादुर तामाङ उमेदवार बनेका छन भने शेखर कोइरालाकाे बिचार समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहेका वंशलाल तामाङ प्रतिस्पर्धामा रहेका छन ।

कोइराला पक्षबाट भने वंशलाल तामाङको मात्रै एकल उम्मेदवारी परेकाे छ ।

जिल्ला सभापति हुन त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उनी देउवा समूहबाट बागी उम्मेदवार बनेका छन्।

तामाङ इन्द्रावती गाउँपालिकाका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत हुन । २ बर्ष लगातार इन्द्रावती गाउँपालिका लाई जिल्लाकै प्रथम पालिका बनाउन सफल बनिसकेका छन । तामाङलाई हालका सभापती बिकास लामा र सचिव बिल बहादुर तामाङकाे साथ रहेकाे छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे सभापती पदकाे लागी युवा नेता जङ्गबहादुर लामाले उमेद्वारी घोषणा गरेका छन । उनी सिन्धुपाल्चोकका प्रभावशाली नेता पूर्व मन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट पात्र हुन ।

त्यसैगरी देउवा समूहबाट उपसभापति पदमा टंकबहादुर कार्की र पासाङ दोङ, सचीवमा भक्त ध्वज बोहरा र रमेश भण्डारी, सहसचीवमा रामबाबु लुइँटेल र कृष्णभक्त नेपाल उम्मेद्बारी भएका छन्। उपसभापति ,सचीव र सहसचिव दुई–दुई जना निर्वाचित हुने व्यवस्था रहेको छ।

वंशलाल तामाङ समूहबाट उपसभापति पदमा दोर्जे लामा र सोमबहादुर तामाङ, सचीव अनुप न्यौपाने र देविराज श्रेष्ठ रहेका छन । सहसचिवमा नरेश कार्की र निरध्वज खड्का ले उम्मेद्बारी दिएका छन् ।

त्यस्तै उप सभापती पदकाे लागी सुर्य प्रसाद न्याैपाने र सचिवमा चित्रकुमार चाैलागाई (सिके) रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!