चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकको चौधौं जिल्ला अधिवेशनमा सभापतीकाे लागि भएकाे मतदानमा १८७४ मत खसेकाे छ । सभापतीकाे लागलागी तीन जनाकाे उमेदवारी परेकाे थियाे ।

कुल मतदाता १९१७ रहेकाेमा पदाधिकारीमा १८६२ मत खसेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । जिल्ला सभापति लगाएत पदाधिकारीमा सस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा भएको हाे ।

जिल्ला सभापतिमा देउवा प्यानलबाट जगबहादुर तामाङ उमेदवार बनेका छन भने शेखर कोइरालाकाे बिचार समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहेका वंशलाल तामाङ प्रतिस्पर्धामा रहेका थिए ।

जिल्ला सभापति हुन त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदबाट राजीनामा दिएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उनी देउवा समूहबाट बागी उम्मेदवार बनेका थिए ।

उमेदवार तिनै जनाकाे समान जस्तै मत आउने देखिएकाले चुनाव दाेस्राे चरणमा जाने देखिएकाे छ । मत गणना बिपि अध्ययन केन्द्रमा आजै हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!