
नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औं जिल्ला अधिवेशन अन्तर्गत पहिलाे चरणकाे निर्वाचन हिजाे सम्पन भएको छ । पहिलाे चरणकाे निर्वाचनमा तीन जनाले उमेदवारी दिएकाेमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि आज दाेस्राे चरणकाे निर्वाचन हुन लागेकाे छ ।
हिजाे भएकाे मतदानमा संस्थापन पक्षबाट जंग बहादुर लामाले ७०५ मत, शेखर काेइराला पक्षबाट वंशलाल तामाङले ६२९ मत र संस्थापन पक्षबाट बागी उमेदवारी दिएका प्रेमध्वज लामाले ४९३ मत प्राप्त गरेका थिए । बदर मत ४० रहेकाे थियाे ।
हिजाेकाे मतदान बाट ४९३ मत प्राप्त गरेर तेस्राे स्थान हाँसिल गरेका प्रेमध्वज लामाले आज पत्रकार सम्मेलन गरेका छन । उनले बागी उमेदवारी दिएका थिए ।
माेहन बस्नेतले ब्यक्तिवादी र निजि स्वार्थकाे राजनिति गरेकाे भन्दै लामाले यसकाे बिराेध गरेका छन । ‘ मुल्य मान्यता र त्यागको राजनीतिलाई अपमानित र विस्थापित गरी व्यक्तिवादी र निजी स्वार्थको निरन्तर वर्चस्व कायम गर्न खोज्ने प्रवृत्ति बिरुद्धको संघर्ष हो’, लामाले प्रेश मिटमा भने ।
‘राजनीतिमा बिचार खाेज्नेहरूले वंशलाल तामाङ लाई मतदान गर्नुहाेस’, लामाले भने ।