ललितपुर । दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७८ समापन भएकाे छ । फागुन २७ र २८ गते दुई दिन भएको प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरुबाट दुई सय खेलाडीको उपस्थित थियो ।

नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बाट उद्घाटन भएकाे थियाे । कार्यक्रम मेयर चिरिबाबु महर्जनकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

आगामी वर्ष पनि हुने तेस्रो मेयर कप संस्करणको लागि ललितपुर महानगरपालिकाबाट आगामी बर्षको बजेट विनियोजनको लागि रातो किताबमा उल्लेख नै गराउने प्रतिबद्धता समेत महर्जनले ब्यक्त गरे ।

ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा :-

१) पुरुष खुल्ला तौल समूहमा प्रथम :- रुपक नेपाली

२) पुरुष खुल्ला तौल समूहमा दोस्रो :- सनि सिंह

३) पुरुष ५५ के. जि. तौल समूहमा प्रथम :- ओम तामाङ

४) पुरुष ५५ के. जि तौल समूहमा दोस्रो :- रोशन गोतामे

५) पुरुष ६० के. जि तौल समूहमा प्रथम :- हितेश रानामगर

६) पुरुष ६० के. जि तौल समूहमा दोस्रो :- संजय कुमार गुप्ता

७) महिला ५० के. जि तौल समुहमा प्रथम :- शान्ति थापामगर

८) महिला ५० के. जि तौल समुहमा
दोस्रो :- एकता कुमाल

९) महिला ५५ के. जि तौल समुहमा प्रथम :- रोहिणी कस्ती

१०) महिला ५५ के. जि तौल समुहमा दोस्रो :- वन्दना तामाङ

११) महिला खुल्ला तौल समुहमा प्रथम :- मन्जु वि.क.

१२) महिला खुल्ला तौल समुहमा दोस्रो :- सुष्मीता सुनुवार
प्रथम हुने हरेक खेलाडीले नगद रु१५,०००/- तथा शिल र प्रमाण प्रत्र र त्यसैगरी दोस्रो हुने खेलाडीले रु १०,०००/- र तेस्रो हुने खेलाडीले रु ५,०००/- क्रमशः पाए ।

उक्त दोस्रो दिनको कार्यक्रमको समापन पछि पुरस्कार वितरण गर्ने क्रममा पहिलो पटक स्वर्गीय राम जि प्रसाद बज्राचार्य स्मृति पुरस्कार रु ५०,०००/- नगद पुरस्कार प्रथम हुने महिला तथा पुरुष ६ जनाबाट गोलाप्रथा मार्फत वितरण गरिएकोमा आर्मीको शान्ति थापामगरले प्राप्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!