चाैतारा । नेपाल रेडक्रस सोसाइटी सिन्धु शाखाको समन्वयमा रेडक्रस केन्द्रीय कार्यालयले चौतारा अस्पताललाई प्रजनन स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सोमबार कोभिड अस्पतालमा एक कार्यक्रम गरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर कार्कि र चौतारा अस्पतालका डा. करुणा बज्राचार्यलाई रेडक्रस जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभडेलले प्रजनन स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमल चरण कक्षपती, रेडक्रस जिल्लासदस्य रामकृष्णराज भण्डारी, सुरेश कसजु , कार्यालय प्रमुख भरत प्रसाद कोईराला लगायतको सहभागिता रहेको थियो । उक्त सामग्री युयनएचसिएचआरको सहयोगमा केन्द्रीय कार्यालयबाट प्राप्त भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!