
चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्लाकाे १४ औं जिल्ला अधिवेशन बाट सभापतीमा जंग बहादुर लामा निर्वाचित भएका छन । उनी ९१२ मत प्राप्त गरि सभापतीमा निर्वाचित भएका हुन ।
सभापतीकाे लागि ३ जना बिच भएकाे पहिलाे चरणकाे निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दाेस्राे चरणमा गएकाे थियाे । पहिलाे चरणमा भएकाे मतदान बाट प्रेमध्वज लामा बाहिरिएपछि जंग बहादुर लामा र वंशलाल तामाङ बिच दाेस्राे चरणकाे निर्वाचन भएकाे थियाे ।
दाेस्राे चरणमा भएकाे मतदानमा ६४ मतले इन्द्रावती गाउँपालिकाका अध्यक्ष समेत रहेका वंशलाल तामाङलाई पराजित गर्दै जंग बहादुर लामा निर्वाचित भए । तामाङले ८४८ मत प्राप्त गर्दा लामाले ९१२ मत ल्याए ।
त्यस्तै उप-सभापतिमा दाेर्जे लामा र टंक कार्की, सचिवमा भक्त ध्वज बाेहरा र रमेश राज भण्डारी, सह-सचिवमा नरेश कार्की र कृष्ण भक्त नेपाल निर्वाचित भए । दाेर्जे लामा र नरेश कार्की संस्थापन ईतर पक्ष बाट निर्वाचित भएका हुन भने अरू सबै संस्थापन पक्ष बाट निर्वाचित भएका हुन ।
जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारिहरूकाे नामावली निम्नानुसार रहेकाे छ :